Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु

१२ माघ २०८२ १७:३८

सर्लाही ,सर्लाहीको मलंगवा नगरपालिकामा आजदेखि दादुरा विरुद्धको खोप अभियान सुरु भएको छ। नगरपालिकाको वडा नं २, ३, ४, ८, ९ र १० गरी ६ वटा वडामा अभियान सञ्चालन गरिएको हो।

पाँच दिनसम्म चल्ने खोप अभियानमा ६ महिनादेखि १४ वर्ष उमेर समूहका करिब ८ हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिए। उनका अनुसार अभियानको पहिलो चार दिन विद्यालय र मदरासामा खोप केन्द्र सञ्चालन गरिनेछ भने पाँचौँ दिन स्वास्थ्य संस्थामार्फत खोप प्रदान गरिनेछ।

मलंगवा नगरपालिकाको वडा नं ३ मा दादुरा संक्रमण फैलिएको पुष्टि भएको छ। हालसम्म २३ शंकास्पद बिरामीमध्ये ७ जनामा प्रयोगशाला परीक्षणका क्रममा दादुरा पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ। यद्यपि हाल संक्रमण फैलिने दर नियन्त्रणमा रहेको साहले बताए।

संक्रमण फैलिन नदिन नगरपालिकाले गाउँ–गाउँ तथा घर–घरमा शंकास्पद बिरामीको खोज, निगरानी तथा जनचेतनामूलक कार्य गरिरहेको छ। साथै खोप अभियानलाई सफल बनाउन सबै अभिभावकलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको छ।

पुस २२ गते पहिलो पटक दादुराका शंकास्पद बिरामी भेटिएको थियो भने माघ ११ गते प्रयोगशाला परीक्षणबाट दादुरा पुष्टि भएको हो। हालसम्म दादुरा संक्रमणका कारण कुनै पनि बिरामी अस्पताल भर्ना हुनुपरेको छैन र मृत्युको घटना पनि नभएको परिवार कल्याण महाशाखाले जनाएको छ।