Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
समाचार

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल

१२ माघ २०८२ १७:४२

काठमाडौँ, १२ माघ । स्वास्थ्य बीमा बोर्डले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा छलफल गरेको छ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेल, त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सुभास प्रसाद आचार्य तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणी गजुरेलबीच स्वास्थ्य बीमा सञ्चालनका विषयमा छलफल भएको हो।

गत माघ १ गतेदेखि स्वास्थ्य बीमा बोर्डले भुक्तानी नगरेको आरोप लगाउँदै त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको थियो।

छलफलका क्रममा स्वास्थ्य बीमासम्बन्धी नीतिगत सुधार, वैज्ञानिक दाबी मूल्यांकन प्रणालीलाई सुदृढ बनाउने, आपसी समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउनेलगायत अस्पतालले उठाएका विषयमा विज्ञस्तरमा थप परामर्श गरी यथाशीघ्र स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको छ।