Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा

१२ माघ २०८२ २३:०६

काठमाडौं १२ लहानस्थित प्रादेशिक अस्पतालको गम्भीर र अक्षम्य लापर्बाहीका कारण परीक्षणका लागि राखिएको १६ वर्षीया किशोरीको शव अर्कै परिवारलाई बुझाइएर अन्त्येष्टि गरिएको तथ्य खुलेको छ।
गोलबजार नगरपालिका–३ जम्दहकी निशा बानियाँको शव शनिबार ‘पोष्टमार्टम’का लागि अस्पतालमा राखिएको थियो। तर शव पहिचानका लागि अनिवार्य प्रक्रिया र ‘कोडिङ’ नगर्दा सोही समयमा अस्पतालमा राखिएको सप्तरीकी अर्की किशोरीको शवसँग झुक्किएर अर्कै परिवारलाई बुझाइएको अस्पताल प्रशासनले स्वीकार गरेको छ। उक्त शव सोही दिन अन्त्येष्टिसमेत भइसकेको छ।
रोजगारीका सिलसिलामा भारतको मुम्बईमा रहेका मृतकका आमाबुवा छोरीको मृत्युको खबर पाएपछि नेपाल फर्किएका थिए। तर अस्पताल पुगेपछि छोरीको शव नै नपाएपछि घटनाको भयावहता बाहिर आएको हो।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले यो अस्पताल प्रशासनको गम्भीर लापर्बाही भएको स्वीकार गर्दै छानबिन गरी दोषीलाई कारबाही गरिने बताइन्। तर मानव शवजस्तो संवेदनशील विषयमा भएको यस्तो त्रुटिले सरकारी स्वास्थ्य संस्थाको व्यवस्थापन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।
घटनापछि आक्रोशित आफन्त र स्थानीयले लहान अस्पताल परिसरमा प्रदर्शन गर्दै इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गरेका छन्। उनीहरूले दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन्।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार पीडित परिवार, अस्पताल प्रशासन र सरोकारवालाबीच वार्ताको तयारी भइरहेको छ। प्रहरीले घटनाको गहिरो अनुसन्धान अघि बढाएको जनाएको छ।