Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
समाचार

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

१७ बैशाख २०८१ १३:२३

काठमाडौँ, १७ वैशाख: बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै सचेतामूलक विषय समावेश गर्न जरुरी रहेकामा सरोकारवालाले जोड दिएका छन् ।

गैरसरकारी सङ्स्था सिविनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाले लैङ्गिक हिंसा अन्त्य गर्न विद्यालय तहदेखि नै सचेतना अभिवृद्धि र पुरुषको सहयोगका विषय पाठ्यपुस्तकमा समावेश गरिनुपर्नेमा जोड दिनुभएको हो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक हिंसा निवारण शाखाका प्रमुख ममता विष्टले लैङ्गिक हिंसा अन्त्यमा भएका सरकारी पहल र प्रावधानका विषयमा प्रस्तुति दिँदै बालविवाह अन्त्यका लागि सबैको सहयोग जरूरी रहेको बताउनुभयो ।

उहाँले मन्त्रालयले गठन गरेको लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सञ्जाल र सञ्जाल सक्रिय बनाउन भइरहेका प्रयासबारे समेत जानकारी दिनुभएको थियो । सिविन नेपालका प्रतिनिधि निरिजना भट्टले समाजमा व्याप्त लैङ्गिक हिंसासँग सम्बन्धित घटना न्यूनिकरणका लागि थप क्रियाशीलताको खाँचो औँलयाउनुभयो ।

‘बालिका दुलही होइनन्’ भन्ने अभियानका प्रमुखसमेत रहेका भट्टले भन्नुभयो,“समाजमा व्याप्त लैङ्गिक हिंसाका थुप्रै कारण छन्, त्यसको न्यूनीकरणका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ ।” सिविन नेपालले सञ्चालन गर्दै आएको बाल हेल्पलाइन नेपाल मोरङ् १०९८ का संयोजक वासु अधिकारले मोरङको बुढीगङ्गा गाउँपालिकाको मुसहर समुदायमा बालबालिको भयावह अवस्था रहेको र त्यसविरुद्ध स्थानीय तहसँगको सहकार्यमा काम गर्दैआएको बताउनुभयो ।

कार्यक्रममा लैङ्गिक हिँसा अन्त्यका लागि पुरुष सहभागितासम्बन्धी रणनीति २०७४ को प्रभावकारिता र आवश्यक परिमार्जन लगायतका विषयमा समेत छलफल भएको थियो । सहभागीले सरकारी रणनीतिमा अझै पनि लैङ्गिक अल्पसङ्ख्यकका विषय नसमेटिएका गुनासो गर्नुभयो ।