Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

चिकित्सक लाइसेन्स परीक्षा प्रकाशित

१० जेष्ठ २०८१ १३:०२

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ। गत सोमबारदेखि सञ्चालित परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।

एमबीबीएसतर्फ १ हजार ३५६ जना सहभागी थिए। उनीमध्ये ७ सय ५१ जना (५५.३८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन्। दुई जनाको नतिजा भने विथहेल्डमा राखिएको छ।  बीडीएसतर्फ  २९९ जना  परीक्षामा सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१.१७ प्रतिशत) उत्तीर्ण भएका छन् ।

पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा सोमबारदेखि आजसम्म परीक्षा जारी थियो। परीक्षा सकिएको केही समयमै नतिजा प्रकाशित गरिएको हो।