Trending
जाडोयाम सुरु भएसँगै बिरामीको चाप बढ्दा अस्पतालमा शय्याको अभाव     |     नर्सिङ तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकार सरह दिन मन्त्रालयको निर्देशन     |     पोखरामा नर्सहरूको पुनः आन्दोलन, तलब वृद्धिलगायत माग     |     राष्ट्रपति पौडेल अस्पतालमा भर्ना, जेन-जीसँगको वार्ता स्थगित     |     आपतकालीन बिरामी काठमाडौँ पुग्न नसक्दा स्वास्थ्य सेवा प्रभावित     |     देशभर एक सातामा २७४ जनामा डेंगी संक्रमण पुष्टि     |     म्याग्नस फर्माद्वारा पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश     |         |     कोशी प्रादेशिक अस्पताल कटारीमा आजदेखि ओपीडी सेवा निःशुल्क     |     जेनजी आन्दोलनपछि युवामा मानसिक समस्या बढ्दा अस्पताल धाउनेको संख्या बढ्यो     |    
समाचार

सुर्तीजन्य पदार्थमा करको दर ७५ प्रतिशत पुर्याउन माग

१० जेष्ठ २०८१ १४:४७

काठमाडौं: एक्सन नेपालले नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले जारी गरेको सूर्तीजन्यपदार्थमा लाग्ने करको प्रतिशत र करको बिधा सहित प्रकाशित गरेको विज्ञप्ति प्रति ध्यानाकर्षण गराएको छ । काठमाडौमा पत्रकार सम्मेलन गरेर एक्सन नेपालले नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले जारी गरेको प्रेस बिज्ञप्ति प्रति ध्यानाकर्षण गराएको हो ।

गत सोमबार गोरखापत्रमा नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघको नाममा ‘भ्रमपूर्ण विज्ञप्ती’ प्रकाशित भएको थियो ।

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सूर्ती उद्योगीहरुले संसार भरी नै भ्रामक सुचना सम्प्रेषण गर्ने, वैज्ञानिक बिधिमा आधारित नभएका तथ्यबाहिर ल्याउने र नितिनिर्माणमा संलग्नभएका नेता तथा कर्मचारीहरुलाई त्यस्तातथ्य र अन्यबिधिहरु प्रयोग गरि प्रलोभनमा पार्ने एवं निति निर्माणमा हस्तक्षेप गरी आफू अनुकुलकानुन र परिस्थिती निर्माण गर्ने प्रचलन रहेको बताए ।

चन्दले एक्सन नेपालले सधै वैज्ञानिक बिधि र अनुसन्धानमाआधारित तथ्य र संसारभर प्रचलनमाआएका बिशिष्टकृत अभ्यासहरुको मात्रै परिपालना र वकालत गर्दै आएको बताए ।

एक्सन नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,सूर्तीेजन्यपदार्थबाट लाग्ने रोगहरु जनस्वास्थ्यको प्रमुख चिन्ताको रुपमा देखिएको अवस्थामा नेपाल सरकार त्यस प्रतिगम्भिर हुन जरुरी छ । सूर्तीजन्यपदार्थ नियन्त्रण तथानियमनगर्ने कानुनको कार्यान्वयन र सूर्तीजन्य पदार्थमा करको संयोजनले मात्र सूर्तीजन्य पदार्थको सेवनबाट उत्पन्नहुने स्वास्थ्य, सामाजिक र आर्थिक संकटलाई प्रभाबकारी रुपमा सम्बोधनगर्न सकिन्छ । यस प्रति सचेत रहनएक्सन नेपाल सरोकारवाला निकायहरुलाई सचेत गराउन चाहन्छ । स्मरण रहोस् ! नेपालमा वार्षिक अनुमानित ३७ हजार भन्दा बढीको मृत्यु सुर्तीजन्यपदार्थको सेवनबाट हुने गरेको छ । ”

आन्तरिक राजश्व बिभागको तथ्याङ्क अनुसार गतवर्ष नेपालमा लगभग ११ अर्ब २६ करोड ६६ लाख ६६ हजार ६ सय ६७ खिल्ली चुरोट उत्पादन भएको थियो । यदि चुरोटमा कर बढाइयो भने नेपालीभन्दा विदेशी चुरोट सस्तो हुने र अवैधरुपमाविदेशी चुरोट नेपालभित्रिने झुटो पैरवी गरिएको एक्सन नेपालको निष्कर्ष छ ।

बर्तमान सरकारले विश्व स्वास्थ्य संगठनको शिफारिस अनुसार सूर्तीेजन्य पदार्थमाकर बृद्धि गर्योभने मौजुदा राजश्व ३२ अर्व ९८ करोडमा थप ४५ अर्व ८९ करोड गरि ७८ अर्व ८७ करोड राजश्व संकलनहुन जान्छ ।