Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

रोटरी क्लबले दियो बीएण्डबी हस्पिटललाई ६ डायलासिस मेशिन

११ जेष्ठ २०८१ १२:४५

काठमाडौं ११ मृगौला पीडित विरामीको अवस्थालाई मध्यनजर गरेर रोटरी क्लब अफ राजधानीले बीएण्डबी हस्पिटललाई ६ वटा डायलासिस मेशिन हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेशनल ग्लोबल ग्रान्ड मार्फत ती मेशिन आएको क्लवले जनाएको छ ।
मेशिन हस्तान्तरण समारोहमा रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गभर्नर एवं प्लानलिड चेयर बासुदेव गोल्यान, रोटरी डिस्ट्रिक ३२९२ डिआरएफसी कुमुद त्रिपाठी, असिस्टेन्ट गभर्नर राजभाई सुवाल, एआरआरएफसी एम.के. झा तथा हस्पिटलका संस्थापक डा. अशोक बाँस्कोटा र डा. जगदिश बैद्यको उपस्थितिमा मेशिन हस्तान्तरण भएको थियो ।
अस्पतालका संस्थापक डा. जगदिश बैद्य र डा. अशोक बास्कोटाले जीवन बचाउने उपकरण प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । उनीहरुले भने, ‘देशैभरबाट आर्थिक रुपमा विपन्न विरामीहरु हस्पिटलमा आउने गरेका छन् । यसले डायलासिस गर्नुपर्ने विरामीहरुले निःशुल्क रुपमा लाभ लिने छन् ।’
डिआरएफसी कुमुद त्रिपाठीले संसारभरका रोटरीको योगदानबाट यो मेशिन उपलब्ध गराउन संभव भएको बताए ।
रोटरी क्लब अफ राजधानीले ग्लोबल ग्रान्ड अन्तर्गत प्रदान गरेको ६ वटा मेशिनले दैनिक १८ जना विरामीको डायलासिस् हुनेछ ।
रोटरी क्लव अफ राजधानीबाट प्राप्त ६ वटा डायलासिस मेशिनबाट २४ घण्टा सेवा दिएको अस्पताल प्रशासनले बताएको छ । स्थानीय तहको सिफारिसको आधारमा अस्पतालले निःशुल्क रुपमा डायलासिस सेवा उपलब्ध गराईएको छ ।