Trending
कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग मन्त्री पौडेलको आग्रह     |     नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने     |     सञ्चालक समिति सदस्यमा डा.बराल र सापकोटा मनोनित :गंगालाल अस्पताल     |     काठमाडौंमा बढ्दाे वायु प्रदुषण     |     नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी     |     अंग प्रत्यारोपण गर्ने चिकित्सकका दुई संस्थाबीच एकता     |     काठमाडौँ महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान     |     अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण राम्रो बनाउनु पर्दछः मुख्यमन्त्री कँडेल     |     नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी     |     फार्मेसीमा अनिवार्य पोशाक र परिचयपत्र लागू गरिँदै     |    
यौन स्वास्थ्य

बहुलिङ्गी सौन्दर्य प्रतियोगिता हुँदै

११ जेष्ठ २०८१ १३:२४

काठमाडौं । लेस्बियन, समलिङ्गी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर र इन्टरसेक्सको पहिचान भएका बहुलिङ्गी व्यक्तिहरूलाई लक्षित गरी सौन्दर्य प्रतियोगिता ‘फेस अफ एलजिबिटिक्यु आईप्लस’ हुने भएको छ ।
राज्य मिडिया नेटवर्कले यस समुदायको अद्वितीय सौन्दर्य, शक्ति र विविधताको सम्मानमा लुकेका प्रतिभाहरूलाई अवसर दिलाउने उदेश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताएको छ ।
आयोजकले प्रतियोगिताले लेस्बियन, समलिङ्गी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर र इन्टरसेक्स युवाको प्रतिभा प्रदर्शन गर्ने, व्यक्तित्व अभिव्यक्त गर्ने र अरूलाई प्रेरित गर्ने अवसर प्रदान गर्ने जनाएको छ । साथै प्रतियोगिताका विजेताले पुरस्कारसहित मोडलिङ्ग क्षेत्रमा थप अवसर प्राप्त गर्ने आयोजकको भनाई छ ।
प्रतियोगिताका लागि वैशाख ११ गतेदेखि नै आवेदन समेत खुला भएको छ । प्रतियोगितामा भाग लिन ईच्छुकहरुले ‘फेस अफ एलजिबिटिक्युआईप्लस’ नामक फेसबुक पेजमार्फत आवेदन दिन सक्ने आयोजकले जनाएको छ ।