Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

कान्ति बाल अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन

१४ जेष्ठ २०८१ १४:४०

काठमाडौँ, १३ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज कान्ति बाल अस्पतालमा छड्के अनुगमन गर्नुभइ सेवाग्राहीको गुनासो सम्बोधन गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयका सचिवसहितको टोली लिएर अस्पताल पुग्नुभएका मन्त्री यादवले आकस्मिक कक्ष, अस्पताल फार्मेसी, ओपिडी, शल्यक्रिया कक्ष, आइसीयु, एनआइसीयु, क्यान्टिनसहित अस्पतालका विभिन्न शाखाको अनुगमन गरे ।

अनुगमनका क्रममा मन्त्री यादवले अस्पतालस्थित एमआरआई मेसिन आंशिक रूपमा सञ्चालनमा रहेको र तत्काल पूर्णरुपमा सञ्चालनमा ल्याउन निर्देशन दिए । अस्पतालका निर्देशक डा पङ्कज रायले जनशक्ति र बजेट अभावका कारण अपेक्षित ढङ्गले काम नगर्न नसकिएको मन्त्रीसमक्ष गुनासो राख्ने क्रममा मन्त्री यादवले आगामी अस्पतालमा देखिएका कमजोरीलाई सुधार गर्न र आवश्यक जनशक्ति र पूर्वाधार विकासका लागि बजेट व्यवस्थापन मन्त्रालयले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले भने, “अस्पतालमा थुप्रै समस्या भेटिएका छन् यद्यपि सुधार गर्न सकिने ठाउँहरु छन् । सानोतिनो विषयमा पनि सेवाग्राही असन्तुष्ट हुनुहुन्छ । अस्पतालमा देखिएका कमजोरीलाई तत्काल सुधार गर्न अस्पताल प्रमुख र सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।”