Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

कान्ति बाल अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन

१४ जेष्ठ २०८१ १४:४०

काठमाडौँ, १३ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज कान्ति बाल अस्पतालमा छड्के अनुगमन गर्नुभइ सेवाग्राहीको गुनासो सम्बोधन गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयका सचिवसहितको टोली लिएर अस्पताल पुग्नुभएका मन्त्री यादवले आकस्मिक कक्ष, अस्पताल फार्मेसी, ओपिडी, शल्यक्रिया कक्ष, आइसीयु, एनआइसीयु, क्यान्टिनसहित अस्पतालका विभिन्न शाखाको अनुगमन गरे ।

अनुगमनका क्रममा मन्त्री यादवले अस्पतालस्थित एमआरआई मेसिन आंशिक रूपमा सञ्चालनमा रहेको र तत्काल पूर्णरुपमा सञ्चालनमा ल्याउन निर्देशन दिए । अस्पतालका निर्देशक डा पङ्कज रायले जनशक्ति र बजेट अभावका कारण अपेक्षित ढङ्गले काम नगर्न नसकिएको मन्त्रीसमक्ष गुनासो राख्ने क्रममा मन्त्री यादवले आगामी अस्पतालमा देखिएका कमजोरीलाई सुधार गर्न र आवश्यक जनशक्ति र पूर्वाधार विकासका लागि बजेट व्यवस्थापन मन्त्रालयले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले भने, “अस्पतालमा थुप्रै समस्या भेटिएका छन् यद्यपि सुधार गर्न सकिने ठाउँहरु छन् । सानोतिनो विषयमा पनि सेवाग्राही असन्तुष्ट हुनुहुन्छ । अस्पतालमा देखिएका कमजोरीलाई तत्काल सुधार गर्न अस्पताल प्रमुख र सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।”