Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

थप उपचारका लागि सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

१५ जेष्ठ २०८१ १८:२९
जनकपुर, १५ जेठ ।  नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहनुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं हेलिकप्टर मार्फत लगिएको छ ।
गत शुक्रबार राति उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उहाँलाई जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो । उहाँको उपचारमा संलग्न चिकित्सकले सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सिफारिस गरेपछि उहाँलाई काठमाडौँ लगिएको हो ।
सोमबार तेस्रोपटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित हुन उहाँ अस्पतालबाट एम्बुलेन्समा आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेले चिकित्सकबाट काठमाडौँ लगेर उपचार गर्न सिफारिस भएपछि सरकारी वकिलसँगको परामर्शमा अध्यक्ष सिरोहियालाई काठमाडौँ पठाउने निर्णय भएको जानकारी दिनुभयो ।