Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
समाचार

सहकारी ठगी प्ररकण ः सुर्य थापा संयोजक भएको संसदीय छानबिन विशेष समितिले आइतबारदेखि काम थाल्ने

१९ जेष्ठ २०८१ १९:४४

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित ‘संसदीय छानबिन विशेष समिति’ले आइतबारदेखि काम थाल्ने भएको छ ।

सत्तापक्ष र प्रतिपक्षको लामो रस्साकस्सीपछि एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्नेगरी कार्यालयको व्यवस्थापन भइरहेको संयोजक थापाले बताए ।

संसदीय समितिकाल लागि कार्यालय र आवश्यक जनशक्ति जुटाउने कार्य भइरहेको संयोजक थापाले बताए ।

नेपाल न्युज बैंकसँग उनले भने, जनशक्ति र कार्यालयको व्यवस्थापन भएपछि समितिले काम थाल्छ । सम्भवतः हामी आइतबारदेखि नै काम थाल्नेगरी तयारीमा जुटेका छौं । आवश्यक बन्दोबस्त मिलाइदिन सभामुख समक्ष आग्रह गरेका छौं ।

सिंहदरबारभित्रै कार्यालय कायम हुने समेत थापाको भनाइ छ  ।

सहकारी ठगी प्रकरणमा छानबिनका लागि सरकारले जेठ १५ गते ७ सदस्यीय संसदीय समिति गठन गरेको थियो । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबीसहित उनको नाम लेख्नुपर्ने अडानबाट पछि हटेपछि संसदीय छानविन समिति गठन भएको हो ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई÷दुई र नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक÷एक जना सांसद राखिएको छ ।

समितिमा कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट थापाक्षेत्री र सरिता भुषाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधानलाई राखिएको छ ।

संसदीय समितिलाई आवश्यक छानविन गरि प्रतिवेदन बुझाउन तीन महिनाको अवधि दिइएको छ ।