Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

हेटौंडा अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गरिएकोमा आपत्ति

२९ जेष्ठ २०८१ १८:००

हेटौँडा । नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले राज्यको स्वामीत्वमा रहेको हेटौंडा अस्पताललाई एक राजनीतिक दल निकट रहेको प्रतिष्ठानमा हस्तान्तरण गरिएको विषयप्रति आपत्ति जनाएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै अस्पतालले आम नागरिकलाई सहज, सरल र सस्तो एवम सुलभमा मूल्यमा उपचार सेवा प्रदान गरिरहेको अवस्थामा प्रतिष्ठानमा गाभिंदा अस्पतालको अस्तित्व र गरिमा माथि नै प्रहार गरिएको बताए ।

उनले राज्यको सम्पत्ति र आमनागरिकको अधिकार माथी कुचेष्टा नगर्न आग्रह समेत गरे । अधिकारका लागि तरुण युवाले आफ्नो हक र अधिकार स्थापित गर्न आवश्यक कदम उठाउन बाध्य हुने जनाउँदै नेता भेटवालले तरुणले कदम चाल्नु परेको अवस्थामा हुने क्षतिको पूर्ण जिम्मेवार प्रदेश सरकार, प्रतिष्ठान र जिल्ला प्रशासन मकवानपुर रहने समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।