Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

हेटौंडा अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गरिएकोमा आपत्ति

२९ जेष्ठ २०८१ १८:००

हेटौँडा । नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले राज्यको स्वामीत्वमा रहेको हेटौंडा अस्पताललाई एक राजनीतिक दल निकट रहेको प्रतिष्ठानमा हस्तान्तरण गरिएको विषयप्रति आपत्ति जनाएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै अस्पतालले आम नागरिकलाई सहज, सरल र सस्तो एवम सुलभमा मूल्यमा उपचार सेवा प्रदान गरिरहेको अवस्थामा प्रतिष्ठानमा गाभिंदा अस्पतालको अस्तित्व र गरिमा माथि नै प्रहार गरिएको बताए ।

उनले राज्यको सम्पत्ति र आमनागरिकको अधिकार माथी कुचेष्टा नगर्न आग्रह समेत गरे । अधिकारका लागि तरुण युवाले आफ्नो हक र अधिकार स्थापित गर्न आवश्यक कदम उठाउन बाध्य हुने जनाउँदै नेता भेटवालले तरुणले कदम चाल्नु परेको अवस्थामा हुने क्षतिको पूर्ण जिम्मेवार प्रदेश सरकार, प्रतिष्ठान र जिल्ला प्रशासन मकवानपुर रहने समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।