Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

घाइते कवाडी व्यवसायीको निःशुल्क उपचारको माग:माननिय अमरेस कुमार सिंह

५ असार २०८१ २०:४९

प्रतिनिधि सभाः घाइते कवाडी व्यवसायीको निःशुल्क उपचारको माग

काठमाडौं ।  सांसदहरुले  आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । यस्तै उनीहरुले कवाड व्यवसायीमाथि विभेद भएको भन्दै सो विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने र प्रहरीले गरेको धरपकडलाई लिएर गृहमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरेका छन् ।

कवाड व्यवसायी र संकलकले मंगलबार काठमाडौंको बानेश्वरमा निर्वाध व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । सो क्रममा  प्रहरीको हस्तक्षेपमा दजर्नौ घाइते भएको  र उनीहरुको उपचार ट्रमा सेन्टरमा भइरहेको उल्लेख गर्दै आजको प्रतिनिधि सभा बैठकमा सांसद डा. अमरेश कुमार सिंहले सरकारसँग सबै घाईतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे ।

उनले भने, ‘आन्दोलनमा तमोर प्रसाद शाह, राजु महतो, केदार शाह नन्द किशोर यादव लगायत दजर्नौ घाइते भएर ट्रमा सेन्टरमा उपचार भैरहेको छ । उनीहरुको उपचार निःशुल्क होस् सरकारसँग माग गर्न चाहन्छु ।’

उनले महानगर प्रमुख बालेन शाहले पपुलर बन्ने नाउँमा व्यवसायीमाथि अन्याय गरेको उल्लेख गर्दै न्यायका लागि व्यवसायीको पक्षमा आफू उभिने बताए ।

यस्तै, सिंहले प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्री रवि लामिछानेले समेत जवाफ माग गरे ।

उनले भने, ‘कवाडी संकलक र व्यवसायीमाथि प्रहरीले जुन ढंगको हस्तक्षेप गरेको छ, लोकतन्त्रको मजाक देखा पर्यो सभामुखज्यु । संवैधानिक हक र शान्ति सुरक्षाको जिम्मा लिएको राज्य जसले हरेक नेपालीको जिउ धनको सुरक्षाको जिम्म लिएको छ उनिहरुको सुरक्षा गर्नुपर्नेमा, माग सम्बोधन गर्नुपर्नेमा कानूनी राज्यको प्रत्याभूति गराउनुनको सट्टा लाठि चार्ज गरेर के सन्देश दिन खोजेको हो ? मान्य गृहमन्त्रीको जवाफ चाहान्छु ।’

उनले कवाडी व्यवसायी र संकलकको आन्दोलनमा गृहमन्त्रालयले बल प्रयोग गरेको उल्लेख गर्दै थप भने, ‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हकको ग्यारेन्टी हुन्छ कि हुँदैन ? आन्दोलनमा जुन ढंगले बल प्रयोग भएको छ यसले विभिन्न प्रश्नहरु खडा भएको छ । उनीहरुमाथिको बल प्रयोग सामान्य होइन, गृहमन्त्रीले यसमा स्पष्ट जवाफ दिनुपर्छ ।’