Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

स्वास्थ्य तथा जनसङख्या मन्त्री प्रदीप यादवले दिए राजिनामा

२१ असार २०८१ २०:४९

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले  मन्त्रि पदबाट  राजीनामा दिएका छन्।   जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।  जनता समाजवादी पार्टी बाट मन्त्रि बनेका थिए । पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा रहेको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी गठन भएको थियो। उक्त पार्टीबाट स्वास्थ्य मन्त्री यादवका साथै बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसीना खान रहेका थए । जसपाका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाइसकेका छन्। जसपाले नयाँ गठबन्धनमा सहभागी हुनेतर्फ छलफल चलाइरहेको छ। यादव स्वास्थ्य मन्त्रीमै दोहोरिने दौडमा छन ।