Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

नवनियुक्त राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डा.पन्थिलाई स्वागत

२६ असार २०८१ ०७:४३

दाङ २०८१।३।२५ ,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त निमित्त निर्देशक डा. जनार्दन पन्थिलाई स्वागत गरीएको छ । प्रतिष्ठानले आफ्नै सभाकक्षमा एक औपचारीक कार्यक्रम गरेर नव नियुक्त निमित्त निर्देशक डा. पन्थिलाई स्वागत गरीएको हो । उहाँले प्रतिष्ठानमा हालसा सेवा प्रवेश गर्नु भएका २२ जना बिशेषज्ञ चिकित्सक शिक्षक र ४ जना बिशेषज्ञ नर्सिङ शिक्षकहरू थपिएर आइसकेको भन्दै प्रतिष्ठानको सेवामा उच्चतम सुधार ल्याउने कोसिस भइरहेको बताउनुभयो । अहिले एमविविएसको कार्यक्रम र ४ सय वेडको नयाँ भवन निर्माणका लागि तिव्र पहल भइरहेको बताउदै छिटोभन्दा छिटो प्रकृया पुरा गरेर घोराही १८ नवलपुरमा रहेको जग्गा अस्पतालमातहत ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो ।नवनियुक्त अस्पताल निर्देशक डा. पन्थिले प्रतिष्ठानले विगतभन्दा अहिले धेरै स्वास्थ्य सेवामा सुधार गर्दै गएको भन्दै आफ्नो कार्यकालमा अझै सेवा विस्तारमा ध्यान दिने बताउनु भयो । सबैको साथ, सहयोग, सल्लाह लिएर अघि बढ्ने भन्दै उहाँले प्रतिष्ठानमा अस्पताल सेवासंगै शैक्षिक गतिविधिहरु पनि अघि बढ्दै गइरहेकोमा खुसि लागेको बताउनुभयो ।अस्पताल को प्रशासनका कर्मचारी र नर्सहरुलाई सेवा प्रवाह गर्ने क्रममा कमि कमजोरी नहुने गरि राम्रो काम गर्न उहाँले निर्देशन दिनु भयो । बोलिमा नम्रता देखाउन र सेवा प्रबाहमा उच्च मनोबल देखाएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।