Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
समाचार

नवनियुक्त राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डा.पन्थिलाई स्वागत

२६ असार २०८१ ०७:४३

दाङ २०८१।३।२५ ,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त निमित्त निर्देशक डा. जनार्दन पन्थिलाई स्वागत गरीएको छ । प्रतिष्ठानले आफ्नै सभाकक्षमा एक औपचारीक कार्यक्रम गरेर नव नियुक्त निमित्त निर्देशक डा. पन्थिलाई स्वागत गरीएको हो । उहाँले प्रतिष्ठानमा हालसा सेवा प्रवेश गर्नु भएका २२ जना बिशेषज्ञ चिकित्सक शिक्षक र ४ जना बिशेषज्ञ नर्सिङ शिक्षकहरू थपिएर आइसकेको भन्दै प्रतिष्ठानको सेवामा उच्चतम सुधार ल्याउने कोसिस भइरहेको बताउनुभयो । अहिले एमविविएसको कार्यक्रम र ४ सय वेडको नयाँ भवन निर्माणका लागि तिव्र पहल भइरहेको बताउदै छिटोभन्दा छिटो प्रकृया पुरा गरेर घोराही १८ नवलपुरमा रहेको जग्गा अस्पतालमातहत ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो ।नवनियुक्त अस्पताल निर्देशक डा. पन्थिले प्रतिष्ठानले विगतभन्दा अहिले धेरै स्वास्थ्य सेवामा सुधार गर्दै गएको भन्दै आफ्नो कार्यकालमा अझै सेवा विस्तारमा ध्यान दिने बताउनु भयो । सबैको साथ, सहयोग, सल्लाह लिएर अघि बढ्ने भन्दै उहाँले प्रतिष्ठानमा अस्पताल सेवासंगै शैक्षिक गतिविधिहरु पनि अघि बढ्दै गइरहेकोमा खुसि लागेको बताउनुभयो ।अस्पताल को प्रशासनका कर्मचारी र नर्सहरुलाई सेवा प्रवाह गर्ने क्रममा कमि कमजोरी नहुने गरि राम्रो काम गर्न उहाँले निर्देशन दिनु भयो । बोलिमा नम्रता देखाउन र सेवा प्रबाहमा उच्च मनोबल देखाएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।