Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

श्रीपति समाजसेवा पुरस्कार बाट डा. सन्दुक रुइत पुरस्कृत

२७ असार २०८१ २१:५०
स्वास्थ्य तथा मानवीय सेवामा  काम गरेबापत यस क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई यस वर्ष २०८१ को ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।
पोखरा महानगरपालिका वडा न. ९ महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्थापना गरेको र सो गुठि  को पुरस्कार दुई सय १७औँ श्रीपति जयन्तीका अवसरमा डा.रुइतलाई प्रदान गर्ने घोषणा गरिएको छ । वि.सं २०७७ देखि सुरु गरिएको यस पुरस्कारको राशि रु दुई लाख २२ हजार दुई सय २२,रहेको छ र श्रीपति समाजसेवा पदक र ताम्रपत्र रहेको छ ।
नेपाली  जनताका लागि विपदमा परेकाहरुलाई उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा संस्थालाई पुरस्कार प्रदान गरिँदै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले हेल्थ सुचनालाई जानकारी दिनु भएको छ ।
“मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा डा. रुइतले गर्नुभएको उल्लेखनिय योगदानको कदर गर्दै यस वर्षको पुरस्कार उहाँलाई प्रदान गर्न लागिएको हो । गुठीले आगामी साधारणसभामा डा .सन्दुकलाई पुरस्कार प्रदान गरिने जनाएको छ ।
पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजीवी सहितका ६ सदस्यीय समिति गठन गरीईएको थियो । छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदन गरी सार्वजनिक गरिएको हो । यसअघि यस पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्मम भवानी नमुना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिहरु पुरस्कृत भइसकेका छन् ।
पोखराका श्रीपति कोइराला एक सरकारी उच्चपदस्थ कर्मचारी तथा समाजसेवी हुनुहुन्थ्यो । सरकारी जागिरकै सिलसिलामा विसं १९२६ मा उहाँको निधन भएको थियो । कोइरालाको निधनपछि उहाँका सन्तानले सामाजिक कार्यसहित राष्ट्रियस्तरको समाजसेवा पुरस्कार स्थापना गरेर सञ्चालन गर्दै आएको गुठीका अध्यक्ष कोइरालाले जानकारी दिए ।