Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

सिअहेवको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली, अख्तियारले दायर गर्‍यो विशेष अदालतमा मुद्दा

७ भाद्र २०८१ ०८:१६

 

स्याङ्जाः स्याङ्जा जिल्लाको   गल्याङ नगरपालिका अन्तर्गत श्री जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत सिअहेव हिमा डुम्रे न्यौपानेको एसएलसीको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

हिमा डुम्रे न्यौपाने को शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्ने उजुरीको आधारमा  अनुसन्धान हुँदा श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सि.अ.हे.ब. अधिकृत छैठौं पदमा कार्यरत हिमा डुम्रे न्यौपानेले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाण-पत्र पेश गरी श्री करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, रा.प.अनं. तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्त भई श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सि.अ.हे.ब. अधिकृत छैठौं पदसम्म कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।