Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

सिअहेवको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली, अख्तियारले दायर गर्‍यो विशेष अदालतमा मुद्दा

७ भाद्र २०८१ ०८:१६

 

स्याङ्जाः स्याङ्जा जिल्लाको   गल्याङ नगरपालिका अन्तर्गत श्री जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत सिअहेव हिमा डुम्रे न्यौपानेको एसएलसीको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

हिमा डुम्रे न्यौपाने को शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्ने उजुरीको आधारमा  अनुसन्धान हुँदा श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सि.अ.हे.ब. अधिकृत छैठौं पदमा कार्यरत हिमा डुम्रे न्यौपानेले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाण-पत्र पेश गरी श्री करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, रा.प.अनं. तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्त भई श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सि.अ.हे.ब. अधिकृत छैठौं पदसम्म कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।