Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

नेपाली नर्सको अमेरिका मा आफ्नै श्रीमान द्वारा हत्या गरीएको आरोपमा श्रीमानलाई पक्राउ गरी अदालत पेश

८ भाद्र २०८१ १०:०१

अमेरिकामा बेपत्ता नर्स  ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् नरेशदत्त भट्टले गरेको प्रहरीले दावी गरेको छ । अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रतिष्ठित समाचार संस्था सीएनएनले जनाएको छ ।

अभियोग पत्रमा  भनिएको छ,  ‘जुलाई ३०, २०२४ मा आरोपीत नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए।’ भर्जिनिया निवासी ममता ३ हप्ताभन्दा बढी समयदेखि बेपत्ता रहेकी थिईन

अनुसन्धानको क्रममा ममताको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फरेन्सिक प्रमाण बरामद भएको प्रहरीले जनाएको छ।
नरेश पक्षका वकिलले हिंसाको इतिहास नरहेको भन्दै धरौटीमा छाड्नुपर्ने बताएका थिए। यथेस्ट प्रमाण समेत नरहेको दाबी गर्दै उनले जीपीएस निगरानीमा छाड्न सकिने भनि  पेश गरेका थिए। तर, न्यायाधीशले ‘जेल विथ आउट बेल’ सदर गरे। आगामि सोमबार भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिइएको छ।