Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

नेपाली नर्सको अमेरिका मा आफ्नै श्रीमान द्वारा हत्या गरीएको आरोपमा श्रीमानलाई पक्राउ गरी अदालत पेश

८ भाद्र २०८१ १०:०१

अमेरिकामा बेपत्ता नर्स  ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् नरेशदत्त भट्टले गरेको प्रहरीले दावी गरेको छ । अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रतिष्ठित समाचार संस्था सीएनएनले जनाएको छ ।

अभियोग पत्रमा  भनिएको छ,  ‘जुलाई ३०, २०२४ मा आरोपीत नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए।’ भर्जिनिया निवासी ममता ३ हप्ताभन्दा बढी समयदेखि बेपत्ता रहेकी थिईन

अनुसन्धानको क्रममा ममताको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फरेन्सिक प्रमाण बरामद भएको प्रहरीले जनाएको छ।
नरेश पक्षका वकिलले हिंसाको इतिहास नरहेको भन्दै धरौटीमा छाड्नुपर्ने बताएका थिए। यथेस्ट प्रमाण समेत नरहेको दाबी गर्दै उनले जीपीएस निगरानीमा छाड्न सकिने भनि  पेश गरेका थिए। तर, न्यायाधीशले ‘जेल विथ आउट बेल’ सदर गरे। आगामि सोमबार भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिइएको छ।