Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सम्मेलन गर्ने

१२ भाद्र २०८१ ०७:३०

काठमान्डौ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यका क्षेत्रमा विश्वभर क्रियाशिल नेपाली विज्ञहरुको सहभागीतामा ‘नेपाल स्वास्थ्य सम्मेलन’ आयोजना गर्ने भएको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउनका लागि सम्मेलनको आयोजना गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन ।
डा. प्रकाश बुढाथोकीका अनुसार सम्मेलनमा विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सको सहभागिता हुने र उनीहरुको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिइने बताईएको छ ।
सम्मेलनमा सहभागी नेपाली स्वास्थ्य विज्ञबाट प्राप्त सुझावका आधारमा मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पार्ने मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताउनु भयो ।
सम्मेलनको तयारीका लागि मन्त्रालयले डा. प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन समेत गरेको छ । कार्यदलले दिएको सुझाव अनुसार सम्मेलनको मिति तोकिसकिएको छ ।