Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सम्मेलन गर्ने

१२ भाद्र २०८१ ०७:३०

काठमान्डौ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यका क्षेत्रमा विश्वभर क्रियाशिल नेपाली विज्ञहरुको सहभागीतामा ‘नेपाल स्वास्थ्य सम्मेलन’ आयोजना गर्ने भएको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउनका लागि सम्मेलनको आयोजना गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन ।
डा. प्रकाश बुढाथोकीका अनुसार सम्मेलनमा विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सको सहभागिता हुने र उनीहरुको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिइने बताईएको छ ।
सम्मेलनमा सहभागी नेपाली स्वास्थ्य विज्ञबाट प्राप्त सुझावका आधारमा मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पार्ने मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताउनु भयो ।
सम्मेलनको तयारीका लागि मन्त्रालयले डा. प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन समेत गरेको छ । कार्यदलले दिएको सुझाव अनुसार सम्मेलनको मिति तोकिसकिएको छ ।