Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

पर्सा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु

१४ भाद्र २०८१ १९:१९
सर्लाही, १४ भदौः यहाँस्थित पर्सा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । पालिकाअन्तर्गतका छवटै वडाका नागरिकको सहजताका लागि सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष धिरेन्द्र यादवले जानकारी दिए ।
सेवा सुरु भएपछि त्यस क्षेत्रका गर्भवती बढी लाभान्वित भएका छन् । “गर्भवतीलाई लक्षित गरी ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु गरिएको छ”, अध्यक्ष यादवले भने “पैसा तथा जानकारीको अभावमा अल्ट्रासाउन्ड नगराउदा गर्भवतीको ज्यान नै जोखिममा पर्ने गरेकाले सेवा सुरु गरेका हौँ ।”
गाउँपालिकाको सहयोगमा गएको भदौ १ गतेदेखि सबै वडामा गर्भवतीलाई अल्ट्रासाउन्ड  सेवा दिन थालिएको सूचना अधिकारी विमलेश यादव ९रुपेश०ले जानकारी दिए । अल्ट्रासाउन्ड गर्नाका साथै स्वास्थ्यकर्मीले गर्भवतीको स्वास्थ्य परीक्षण गरी निःशुल्क रुपमा आइरन चक्कीलगायत औषधिसमेत वितरण गरिँदै आएको उनले बताए ।
यसैगरी गत आर्थिक वर्षदेखि यहाँ ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सञ्चालन गरी निःशुल्क स्वास्थ्य चेक जाँच पनि हुँदै आएको छ । यस कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरघरमा गएर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण हुने गरेको गाउँपालिका जनस्वास्थ्य निरीक्षक चन्देश्वरप्रसाद साहले जानकारी दिए । गत आर्थिक वर्षमा नौ हजार चार सय ८० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको उनले बताए । साहकाअनुसार मधुमेह, ज्वरो, रक्तचापलगायतका औषधि निःशुल्क वितरण गरिएको थियो ।
मधेस प्रदेश सरकारको सहयोगमा पर्सा गाउँपालिका–३, स्थित नारायणपुर स्वास्थ्य चौकीमा अतिआधुनिक प्रयोगशाला सेवाको स्थापना भएपछि स्थानीयले सहुलियत दरमा सेवा पाएका छन् ।