Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

नेपालका निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरुले, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्दै आफ्ना मागहरु राखेका छन्।

२० भाद्र २०८१ १९:५६

काठमान्डौ,२०,  नेपालका निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरुको संस्था ‘एसोसिएशन अफ प्रभाइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल’का प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्दै आफ्ना मागहरु राखेका छन ।

एसोसिएशनका प्रतिनिधिले प्रधानमन्त्री ओली समक्ष आफ्ना ६ वटा विषयका मागहरुका विषयमा जानकारी दिएका छन्। एसोसिएशनका अध्यक्ष डा ज्ञानेन्द्र कार्कीको अगुवाइमा गएको टोलीले चिकित्सा शिक्षामा नेपाली तथा विदेशी विद्यार्थीका लागि भर्ना सिट वृद्धि गर्ने विषयमा विभिन्न ६ वटा विषय समेटिएको ध्यानाकर्षण पत्रसहित आफ्ना समस्या समाधान गर्नका  लागि आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले उक्त छलफलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अन्जनकी कुमार झा, प्रधानमन्त्री कार्यालय, स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिव, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन लगायतका पदाधिकारीहरुलाई पनि बोलाएका थिए।

छलफलमा एसोसिएशनका तर्फबाट डा कार्कीले आफ्ना मागका विषयमा जानकारी दिएका थिए। डा कार्कीले मेडिकल कलेजहरुको सिट बढाउनु पर्ने जानकारी दिएपछि प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्षलाई यस विषयमा काम अगाडि बढाउन भनेका छन ।

डा कार्कीले प्रधानमन्त्रीलाई एसोसिएशनले एक वर्षमा दुई शेसन पढाउने व्यवस्था गरीदिए ३० प्रतिशत छातवृत्ति दिन सकिने विषयमा पनि जानकारी दिए।

‘एक शेसनमा १०० जना विदेशी विद्यार्थी मात्र पढाउने र अर्को शेसनमा १०० जना नेपाली विद्यार्थी पढाउन सकिन्छ भनेका छौं,’ उनले भने, ‘यसो हुँदा विदेशी विद्यार्थी पढाएबापत २० प्रतिशत र १०० नेपालीको कोटा तर्फ १० प्रतिशत छात्रवृत्ति गरेर ३० प्रतिशत छात्रवृत्ति दिन सकिन्छ। यसो गर्दा एउटै कलेजमा ३० जना नेपाली विद्यार्थीले एक वर्षमा निशुल्क अध्ययन गर्न पाउँछन् ।

एसोसिएशनले नेपाली विद्यार्थीको सिट वृद्धि गर्ने तथा वार्षिक दुई शेसन संचालन गर्ने, विदेशी विद्यार्थीको सिट वृद्धि र भर्ना प्रक्रियामा सहजीकरण गर्नुपर्ने, कुटनीतिज्ञ पूर्ण शुल्क तिर्ने कोटा उपलब्ध गराउनुपर्ने, नर्सिङ सिट थप गर्ने, नेपालको स्नातक र स्नातकोत्तर मेडिकल डिग्रीलाई भारतमा स्वत: मान्यता दिने सम्बन्धी र स्वास्थ्य भिसा प्रवर्धन सम्बन्धी विषयहरु उल्लेख गरेको ध्यानकर्षण पत्र उपलब्ध गराएको थियो।