Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

सरकारी तीन प्रतिष्ठान र दुर्गा प्रसाईको मेडिकल कलेजले पायो एमबिबियस पढाउने सिट सङ्ख्या

२२ भाद्र २०८१ १६:३७

काठमान्डौ,२२ भदौ  सरकारी तीन प्रतिष्ठानले यस बर्षदेखि चिकित्सा शिक्षा तर्फ स्नातक तह (एमविविएस)मा पढाई संचालन गर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले तीन सरकारी प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सिट तोकेको छ।
आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्यापन सुरु गर्ने गरी सिट निर्धारण गरेको हो।

आयोगले तीन वटै प्रतिष्ठानलाई ५०/५० जना विद्यार्थी पढाउन मिल्ने गरी सिट निर्धारण गरीसकेको छ ।

त्यसै गरी  झापामा रहेको दुर्गा प्रसाई को  बि एन्ड सि मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले पनि यो सत्र देखि ५० जना एमबिबियस का बिध्यार्थी पढाउन पाउने भएको छ ।