Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

सरकारी तीन प्रतिष्ठान र दुर्गा प्रसाईको मेडिकल कलेजले पायो एमबिबियस पढाउने सिट सङ्ख्या

२२ भाद्र २०८१ १६:३७

काठमान्डौ,२२ भदौ  सरकारी तीन प्रतिष्ठानले यस बर्षदेखि चिकित्सा शिक्षा तर्फ स्नातक तह (एमविविएस)मा पढाई संचालन गर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले तीन सरकारी प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सिट तोकेको छ।
आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्यापन सुरु गर्ने गरी सिट निर्धारण गरेको हो।

आयोगले तीन वटै प्रतिष्ठानलाई ५०/५० जना विद्यार्थी पढाउन मिल्ने गरी सिट निर्धारण गरीसकेको छ ।

त्यसै गरी  झापामा रहेको दुर्गा प्रसाई को  बि एन्ड सि मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले पनि यो सत्र देखि ५० जना एमबिबियस का बिध्यार्थी पढाउन पाउने भएको छ ।