Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

लागूऔषध बिक्रीको आरोपमा रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

२८ भाद्र २०८१ ०९:४१

काठमान्डौ,भदौ २८,

लागूऔषध बिक्री गरेको आरोपमा रास्ट्रिय स्वतन्त्र पार्टिका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

लागू औषधसहित पक्राउ परेका रोल्पा स्थायी ठेगाना भएका एक युवकले उक्त लागूऔषध ढाकाकुमार श्रेष्ठको  पोखरा महानगरपालिका- ९ पृथ्वीचोक को फार्मेसिबाट खरिद गरेको भनि प्रहरिमा बयान दिएकोले  उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ

गत ३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका- ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिए पछि  प्रहरिले अनुसन्धानका लागि पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ गरेको हो ।

फार्मेसीका सञ्चालक पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको र बिहीबार प्रहरीले अनुसन्धानका लागि नियन्त्रण  नियन्त्रणमा लिएर कारबाहि अगाडि बढाउने बताएको छ