Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

लागूऔषध बिक्रीको आरोपमा रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

२८ भाद्र २०८१ ०९:४१

काठमान्डौ,भदौ २८,

लागूऔषध बिक्री गरेको आरोपमा रास्ट्रिय स्वतन्त्र पार्टिका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

लागू औषधसहित पक्राउ परेका रोल्पा स्थायी ठेगाना भएका एक युवकले उक्त लागूऔषध ढाकाकुमार श्रेष्ठको  पोखरा महानगरपालिका- ९ पृथ्वीचोक को फार्मेसिबाट खरिद गरेको भनि प्रहरिमा बयान दिएकोले  उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ

गत ३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका- ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिए पछि  प्रहरिले अनुसन्धानका लागि पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ गरेको हो ।

फार्मेसीका सञ्चालक पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको र बिहीबार प्रहरीले अनुसन्धानका लागि नियन्त्रण  नियन्त्रणमा लिएर कारबाहि अगाडि बढाउने बताएको छ

।