Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

स्वास्थ्य बीमा सबै स्थानीय तहमा लागु गर्ने र ब्यवस्थित गर्ने मन्त्री पौडेल

३ आश्विन २०८१ ०९:२३

लितपुर, २ असोज स् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन सकिने बताउनु भयो ।

ललितपुरको महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले २७औँ गणेशमान सिंह स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकको स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा भएको जानाकारी गराए ।

“स्वास्थ्य बीमा सबै स्थानीय तहमा लागु गर्ने अभियानमा छौँ, अहिले व्यवस्थापकीय कमजोरीका कारण समस्या देखिएको हो, यसमा सुधार गर्न सकिन्छ, सरकारले स्वास्थ्य सुविधा दिन ३१ अर्ब व्यवस्थापन गरेको छ, स्वास्थ्य बीमा एकद्वार प्रणालीबाट एकीकृत ढङ्गले चलाउन सकिन्छ”, उनले भने ।

मन्त्री पौडेलले अरु देशमा व्यक्तिको योगदानका आधारमा स्वास्थ्य बीमा सञ्चालन हुने गरेको बताए। नेपालमा यसलाई व्यवस्थापन गर्न विभिन्न क्षेत्रबाट रकम बीमा कोषमा जम्मा गर्नुपर्नेमा जोड दिए । “तिर्न नसक्नेको दायित्व राज्यले दिने व्यवस्था गर्न सकिन्छ, सक्नेले योगदान गर्नुपर्छ, ठूला कम्पनीहरुले सामाजिक उत्तरदायित्वको रकम स्वास्थ्यमा खर्च गर्न सक्नुपर्छ”, उनले भने ।

रोग लागेपछि उपचारभन्दा रोग नै लाग्न नदिने अवस्था सृजना गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ । उहाँले खाद्यान्न स्वास्थ्यको मुख्य विषय भएकाले निरोगी बनाउने गरी खाने कुरालाई स्वास्थ्यसँग जोड्न सक्नुपर्नेमा जोड दिए ।

अस्पतालले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेको उनको धारणा थियो । उनले देशमा कुनैपनि विषयमा अनुसन्धान नहुने गरेको बताए । मन्त्री पौडेलले गणेशमान सिंह विचारलाई पदसँग नसाट्ने र प्रधानमन्त्री पद समेत त्याग्न सक्ने प्रतिबद्धता भएको व्यक्ति भएको स्मरण गरे । सङ्घर्ष र निष्ठामा गणेशमानको जस्तो उचाइ कसैले प्राप्त गर्न नसक्ने उनको भनाइ थियो ।