© 2023-2024 सर्वाधिकार सुरक्षित healthsuchana.com
काठमाडौँ, ७ असोज । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा सरुवा रोगका विरामीको चाप रहेको छ ।
अस्पतालमा डेङ्गी, स्क्रप टाइफस, र रेबिजका विरामीको चाप बढेको हो ।
अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले एक हप्ता यता विरामीको चाप बढेको बताए ।
उनले विरामीको चापका कारण अस्पतालले शैय्याको अभाव समेत हुन थालेको बताए । उनका अनुसार डेङ्गी, स्क्रप टाइफस, र रेबिज्का ५५ जना भर्ना गरि उपचाररत रहेका छन् ।
अस्पतालका निर्देशक डा. बसौलाले अहिले दैनिक ८०० जना विरामी उपचारका लागि आउने गर्दछन । तिमध्ये धेरै डेङ्गी, स्क्रप टाइफस, र रेबिज्का विरामी रहेका छन् ।
भदौयता डेङ्गीका १९५ जना, स्क्रप टाइफस १३ जना र सर्पदङ्शका ७१ जना विरामीले उपचारगरेका छन ।
स्क्रप टाइपस मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।
मुसामा हुने किर्ना प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । आजकाल मानिसहरु घाँसपात गर्न जाने गर्दछन र सोही किर्नाले टोकेपछि मानिसमा सर्दछ ।
चिकित्सकहरूका अनुसार मानिसबाट मानिसमा स्क्रब टाइफस सर्दैन ।
धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, बिस्तारै शरीरका मुख्य अङ्गले काम गर्न छाड्नु, कीराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्न जस्ता स्क्रप टाइफसका लक्षण हुन ।
समयमा यसको उपचार गर्न नसकेपछि मिगौला, कलेजामा असर पर्ने अस्पतालका निर्देशक डा. बसौलाले बताए ।
सय शैय्याको स्वीकृत पाएको अस्पताल अहिले ८५ शैय्यामा संचालनमा रहेको छ ।