Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन समिति गठन

६ कार्तिक २०८१ २१:१६
काठमाडौं कार्तिक ०६, देशमा न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयास थालेका छन् ।
यसका लागि मन्त्री पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै सम्भाव्यता अध्ययन समिति गठन गरेका छन् । गठित समितिको संयोजकमा चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका सहप्राध्यापक डाक्टर गोपाल सेढाइं संयोजक छन् ।
यसैगरी, वीर अस्पतालका डाक्टर विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डाक्टर राजिव ओझा, नेप्लिज एसोसिएसन्स अफ न्युरोलोजिष्टका प्रतिनिधि सदस्य रहनेछन् ।
समितिमा अमेरिकाको जाकोल्स स्कूल अफ मेडिसिन एण्ड बायोमेडिकल साईन्सका सहप्राध्यापक डाक्टर अमित कँडेल सदस्य तथा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डाक्टर पुष्पराज पौडेल सदस्यसचिव तोकिएका छन् ।
समितिले देशमा राष्ट्रिय न्यूरो सर्जरी केन्द्रको स्थापनाका लागि आवश्यक सुझाव लिएर उपयुक्त जग्गा खोजी सम्भाव्य स्थानको पहिचान गर्नेछ ।
समितिलाई अध्ययन तथा विज्ञसँग गहन छलफलपश्चात स्वीकृतिका लागि मन्त्रालयसमक्ष सुझाव पेश गर्न भनिएको छ ।
अहिले न्यूरोसँग सम्बन्धित रोगको भार बढिरहेको छ, मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले भने, यो अवस्थालाई सम्बोधन गर्न र विपन्न वर्गले पनि सहुलियतपूर्ण सुविधा पाउन् भन्ने हिसाबले केन्द्र स्थापना गर्न आवश्यक देखेर माननीय मन्त्रीज्यूबाट मन्त्रीस्तरीय निर्णमार्फत अध्ययन समिति गठन भएको हो ।
बिरामीको चाप बढिरहेको न्यूरोसम्बन्धी उपचार हाल गैरसरकारी क्षेत्रबाट मात्र भैरहेको छ ।