Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

बिरामीको मृत्यु भएपछि परिवारले माग्यो मेडिसीटी अस्पतालसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति

६ कार्तिक २०८१ २१:२२

उपचारका क्रममा बिरामीको  मृत्यु भएपछि परिवारले अस्पतालसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्। मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको बिरामीको मृत्यु भएपछि परिवारले ललितपुर जिल्ला अदालतमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका छन्।

अमेरिकामा बसोबास गर्दै आएका ज्ञानप्रसाद रिमाल मुटुको उपचार र किड्नीको डायलाइसिसका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। तर हातमा भएको सङ्क्रमण लगायतका कारण उनको मृत्यु भएपछि अस्पतालविरुद्ध परिवारले पाँच करोड क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेका छन ।

असोज १ गते उक्त अस्पतालमा भर्ना भएका उनलाई मुटुको इसीजी गराइएको थियो। बेलुका जाँचपछि मुटुमा ब्लकेज देखिएको भन्दै बिहान एन्जीयोग्राम गर्ने भनिएयो। असोज २ गते डा रञ्जितकुमार शर्माको टोलीले एन्जीयोग्राम  गरेर १ बजे आइसीयुमा सारेको जानकारी परिवारलाई गराए तर परिवारका सदस्यहरूलाई पनि भेट गर्न दिइएन। जिल्ला अदालतमा दर्ता भएको फिरादपत्रमा  बेलुका परिवारका तर्फबाट कुरुवा बस्नु नपर्ने र आवश्यक परे अस्पतालले नै खबर गर्ने भनेपछि रिमाल परिवार घर फर्के। असोज ३ गते बिहान ६ बजे परिवारले सोध्दा अवस्था सामान्य भएको तर हात सुन्निएर निलो भएकाले सामान्य उपचार हुने जानकारी गराएको उल्लेख छ।र हाल बिरामि को मृत्यु भएको छ ।