Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

बिरामीको मृत्यु भएपछि परिवारले माग्यो मेडिसीटी अस्पतालसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति

६ कार्तिक २०८१ २१:२२

उपचारका क्रममा बिरामीको  मृत्यु भएपछि परिवारले अस्पतालसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्। मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको बिरामीको मृत्यु भएपछि परिवारले ललितपुर जिल्ला अदालतमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका छन्।

अमेरिकामा बसोबास गर्दै आएका ज्ञानप्रसाद रिमाल मुटुको उपचार र किड्नीको डायलाइसिसका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। तर हातमा भएको सङ्क्रमण लगायतका कारण उनको मृत्यु भएपछि अस्पतालविरुद्ध परिवारले पाँच करोड क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेका छन ।

असोज १ गते उक्त अस्पतालमा भर्ना भएका उनलाई मुटुको इसीजी गराइएको थियो। बेलुका जाँचपछि मुटुमा ब्लकेज देखिएको भन्दै बिहान एन्जीयोग्राम गर्ने भनिएयो। असोज २ गते डा रञ्जितकुमार शर्माको टोलीले एन्जीयोग्राम  गरेर १ बजे आइसीयुमा सारेको जानकारी परिवारलाई गराए तर परिवारका सदस्यहरूलाई पनि भेट गर्न दिइएन। जिल्ला अदालतमा दर्ता भएको फिरादपत्रमा  बेलुका परिवारका तर्फबाट कुरुवा बस्नु नपर्ने र आवश्यक परे अस्पतालले नै खबर गर्ने भनेपछि रिमाल परिवार घर फर्के। असोज ३ गते बिहान ६ बजे परिवारले सोध्दा अवस्था सामान्य भएको तर हात सुन्निएर निलो भएकाले सामान्य उपचार हुने जानकारी गराएको उल्लेख छ।र हाल बिरामि को मृत्यु भएको छ ।