Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी

२८ कार्तिक २०८१ १८:५१
नेपालगञ्ज २८ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी छर्किन सुरु गरेको छ । उपमहानगरपालिकाका २३ वडामा लामखुट्टेनाशक जैविक विषादी छर्किन सुरु गरिएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।
नगर प्रहरीलाई सबै वडाका पानी जम्ने स्थानमा जैविक विषादी छर्किने गरी परिचालन गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए । त्यसका लागि नगर प्रहरीलाई अभिमुखीकरण गरिएको छ । उनले प्रभावकारी ढंगले काम गर्न नगर प्रहरीलाई निर्देशन दिए ।
नगर प्रहरी युनिटमा नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीको ‘कमान्ड’मा ४२ जना छन् । उपमहानगरपालिकाले निरन्तर रुपमा डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ । सचेतना प्रवद्र्धनका लागि विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए। डेङ्गी नियन्त्रणका लागि लार्भा नष्ट गर्ने कार्यलाई उपमहानगरपालिकाले अभियानका रुपमा अगाडि बढाएको बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले परीक्षण गरी प्रयोग अनुमति दिएको तथा नेपाल सरकारबाट समेत अनुमति प्राप्त ब्याक्टो पावर बिटिआई वातावरणमैत्री र जैविकका साथै हानिकारक विषादीमुक्त जैविक कीटनाशक औषधि हो । यसले लामखुट्टेको प्रजनन तथा विस्तारलाई रोक्दछ । ब्याक्टो पावर बिटिआईले मानव स्वास्थ्य र जीवजन्तुमा नकारात्मक असर नगर्ने जनस्वास्थ्य निरीक्षक सरोज रिमालले बताए।