Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालय

२४ पुष २०८१ २०:४४

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने तयारी गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै निजी, सरकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थालाई इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।

कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्था नवीकरणविना सञ्चालनमा रहेको उजुरीपछि मन्त्रालयले उक्त परिपत्र गरेको हो । इजाजत नवीकरण नगरेका केही संस्थाहरु मापदण्डअनुसार सञ्चालन नभएको उजुरी मन्त्रालयले प्राप्त गरेको छ ।

जनस्वास्थ्य सेवा नियमावलीमा इजाजतपत्र नलिइ स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था भए पनि कतिपयले इजाजतपत्र नलिएको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।

“मन्त्रालयले अनुगमन गर्दा इजाजतपत्र नवीकरण नगरी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएमा नियमानुसार कारबाही गरिनेछ”, प्रवक्ता बुढाथोकीले भने ।