Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने

२५ माघ २०८१ २२:१६

काठमाडौं- चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको १६ औं बैठकले आठौं तह बराबर निर्वाह भत्ता दिने निर्णय गरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले जानकारी दिए।

‘आवासीय चिकित्सकको निर्वाह भत्ता आठौं तह बराबर हुने निर्णय भएको छ,’ उनले भने, ‘ड्यूटी समय लगायतका अन्य विषयमा भने अर्को बैठकमा छलफल गरेर निर्णय हुने छ।’

आयोगको बैठकमा प्रधानमन्त्री ओलीले विज्ञहरुको सुझाव, नेपाल चिकित्सक संघ, संघर्ष समिति लगायत आवासीय चिकित्सकहरुको माग अनुसार नै सरकारी आठौं तह अनुसार नै गर्ने निर्णय गरौं भनेका थिए। प्रधानमन्त्रीसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भटराईले पनि आवासीय चिकित्सकको समान सुविधाको कुरामा जोड दिएपछि निर्णय भएको बताइएको छ।

बैठकले सरकारी सरह निर्णय गरेका विषयमा निजी मेडिकल कलेजको भने फरक मत रहेको छ। निजी मेडिकल कलेजहरुको संस्थाका अध्यक्ष डा ज्ञानेन्द्र कार्कीले उक्त निर्णयमा फरक मत राख्दै कार्यविधि बनाएर मात्र निर्वाह भत्ताका विषयमा निर्णय गर्नुपर्ने विचार राखेका थिए।