Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
समाचार

निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने

२५ माघ २०८१ २२:१६

काठमाडौं- चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको १६ औं बैठकले आठौं तह बराबर निर्वाह भत्ता दिने निर्णय गरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले जानकारी दिए।

‘आवासीय चिकित्सकको निर्वाह भत्ता आठौं तह बराबर हुने निर्णय भएको छ,’ उनले भने, ‘ड्यूटी समय लगायतका अन्य विषयमा भने अर्को बैठकमा छलफल गरेर निर्णय हुने छ।’

आयोगको बैठकमा प्रधानमन्त्री ओलीले विज्ञहरुको सुझाव, नेपाल चिकित्सक संघ, संघर्ष समिति लगायत आवासीय चिकित्सकहरुको माग अनुसार नै सरकारी आठौं तह अनुसार नै गर्ने निर्णय गरौं भनेका थिए। प्रधानमन्त्रीसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भटराईले पनि आवासीय चिकित्सकको समान सुविधाको कुरामा जोड दिएपछि निर्णय भएको बताइएको छ।

बैठकले सरकारी सरह निर्णय गरेका विषयमा निजी मेडिकल कलेजको भने फरक मत रहेको छ। निजी मेडिकल कलेजहरुको संस्थाका अध्यक्ष डा ज्ञानेन्द्र कार्कीले उक्त निर्णयमा फरक मत राख्दै कार्यविधि बनाएर मात्र निर्वाह भत्ताका विषयमा निर्णय गर्नुपर्ने विचार राखेका थिए।