Trending
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा २१ बर्षकी सुत्केरीको मृत्यु     |     स्वास्थ्य बिमा अभिमुखीकरण कार्यक्रम प्युठानमा     |     आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य     |     ललितपुर महानगरपालिका पूर्णखोप घोषणा     |     औषधिको मूल्य नीति सुझाव समितिले बुझाएको प्रतिवेदनलाई पुनरावलोकन गर्ने     |     सुर्ती सेवनले यौन दुर्बलता बढाउने     |     करोडौ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको निर्णयले चिकित्सा क्षेत्र तरंगित     |     इँटा भट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमा भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’     |     नेत्रज्योति सङ्घद्वारा विदेशमा सेवा विस्तार     |     राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा मन्त्री प्रदीप पौडेलको सम्बोधन, डिजिटल स्वास्थ्यबारे विमर्श     |    
समाचार

रौतहटमा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरियो

१६ फाल्गुन २०८१ २१:५१

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर एकेडेमीमा अध्यनरत बिद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

बिद्यार्थीहरुमा रहेको स्वास्थ्य समस्य थाहा पाउने र सामान्य भएमा उपचार गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य समस्यका कारण विद्यालयमा विद्यार्थीहरुको अनुपस्थित हुने, अभिभावक र विद्यालय प्रशासनलाई समेत थाहा हुने भएकाले स्वास्थ्य परीक्षण गरिएको चन्द्रपुर एकेडमीले जनाएको छ ।

विद्यालयको कक्षा युकेजीदेखि नौं कक्षासम्मका सबैजनाको स्वास्थ्य परीक्षण गरिएको थियो । विद्यालयका शिक्षक÷शिक्षिका,अन्य कर्मचारी चालक सहचालकको समेत स्वास्थ्य जाँच गरिएको चन्द्रपुर एकेडमीले जानकारी दिएको छ ।

एकेडेमीको प्राङ्गणमा चन्द्रपुर अस्पताल प्रालि तथा इसेवाको संयुक्त सहयोगमा भएको परीक्षणमा डा.सुवास चौधरी, डा.श्यामबाबु साह, डा.अखिल साह, स्टाप नर्सहरु पारो चौधरी, दिपसना धिताल, चन्द्रपुर अस्पतालका प्राबिधिक प्रमोद यादव, चन्द्रपुर अस्पतालका प्रबन्ध निर्देशक सरोज चौधरी तथा इसेवाका भुवन आचार्यको उपस्थिति रहेको थियो ।

स्वास्थ्य परीक्षणपछि आवश्यकता अनुसार निशुल्क औषधि समेत दिइएकोमा चन्द्रपुर अस्पताल प्रालीले जनाएको छ । कार्यक्रममा चन्द्रपुर नपा–६ का वडा अध्यक्ष सहदेब केसीको समेत उपस्थिति रहेको थियो ।