Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

रौतहटमा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरियो

१६ फाल्गुन २०८१ २१:५१

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर एकेडेमीमा अध्यनरत बिद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

बिद्यार्थीहरुमा रहेको स्वास्थ्य समस्य थाहा पाउने र सामान्य भएमा उपचार गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य समस्यका कारण विद्यालयमा विद्यार्थीहरुको अनुपस्थित हुने, अभिभावक र विद्यालय प्रशासनलाई समेत थाहा हुने भएकाले स्वास्थ्य परीक्षण गरिएको चन्द्रपुर एकेडमीले जनाएको छ ।

विद्यालयको कक्षा युकेजीदेखि नौं कक्षासम्मका सबैजनाको स्वास्थ्य परीक्षण गरिएको थियो । विद्यालयका शिक्षक÷शिक्षिका,अन्य कर्मचारी चालक सहचालकको समेत स्वास्थ्य जाँच गरिएको चन्द्रपुर एकेडमीले जानकारी दिएको छ ।

एकेडेमीको प्राङ्गणमा चन्द्रपुर अस्पताल प्रालि तथा इसेवाको संयुक्त सहयोगमा भएको परीक्षणमा डा.सुवास चौधरी, डा.श्यामबाबु साह, डा.अखिल साह, स्टाप नर्सहरु पारो चौधरी, दिपसना धिताल, चन्द्रपुर अस्पतालका प्राबिधिक प्रमोद यादव, चन्द्रपुर अस्पतालका प्रबन्ध निर्देशक सरोज चौधरी तथा इसेवाका भुवन आचार्यको उपस्थिति रहेको थियो ।

स्वास्थ्य परीक्षणपछि आवश्यकता अनुसार निशुल्क औषधि समेत दिइएकोमा चन्द्रपुर अस्पताल प्रालीले जनाएको छ । कार्यक्रममा चन्द्रपुर नपा–६ का वडा अध्यक्ष सहदेब केसीको समेत उपस्थिति रहेको थियो ।