Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त

२७ फाल्गुन २०८१ २०:०१

काठमाडौँ, २७ फागुन । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा टंक बाराकोटीले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयमा अतिरिक्त सचिव रहेका डा. बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

यसअघि विभागको महानिर्देशक डा. विकास देवकोटा थिए । उनी सचिवमा बढुवा भएपछि उक्त पद खाली थियो ।

मन्त्रालयमा १२औं तहमा अतिरिक्त सचिव डा. बाराकोटी पनि डा. देवकोटासंगै सचिवको प्रतिस्पर्धामा रहेका थिए ।

स्वास्थ्य विभागमा महानिर्देशक रहेका डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो। मन्त्री पौडेलले रिक्त पदमा डा बाराकोटीलाई पठाउने निर्णय गरेको सचिवालयका एक कर्मचारीले जानकारी दिए।

डा .बाराकोटीले लामो समय काठमाडौं बाहिर बसेर सेवा दिएका छन्। उनी १२औं तहमा बढुवा भएपछि मात्र काठमाडौं आएका हुन्।