Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त

२७ फाल्गुन २०८१ २०:०१

काठमाडौँ, २७ फागुन । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा टंक बाराकोटीले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयमा अतिरिक्त सचिव रहेका डा. बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

यसअघि विभागको महानिर्देशक डा. विकास देवकोटा थिए । उनी सचिवमा बढुवा भएपछि उक्त पद खाली थियो ।

मन्त्रालयमा १२औं तहमा अतिरिक्त सचिव डा. बाराकोटी पनि डा. देवकोटासंगै सचिवको प्रतिस्पर्धामा रहेका थिए ।

स्वास्थ्य विभागमा महानिर्देशक रहेका डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो। मन्त्री पौडेलले रिक्त पदमा डा बाराकोटीलाई पठाउने निर्णय गरेको सचिवालयका एक कर्मचारीले जानकारी दिए।

डा .बाराकोटीले लामो समय काठमाडौं बाहिर बसेर सेवा दिएका छन्। उनी १२औं तहमा बढुवा भएपछि मात्र काठमाडौं आएका हुन्।