Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

निजामति कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त

१ चैत्र २०८१ १०:०८

काठमाडौँ,  ः सरकारले निजामति कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्राडा. मोहनचन्द्र रेग्मीलाई नियुक्त गरेको छ ।
निजामति कर्मचारी अस्पताल विकास समितिका अध्यक्ष एवम् सरकारका मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा आज बसेको बैठकले रेग्मीलाई आगामी चार बर्षका लागि निर्देशकमा नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उनका अनुसार मन्त्रालयका सचिव रविलाल पन्थको अध्यक्षतामा कार्यकारी निर्देशक सिफारिस समितिले प्राडा रेग्मी सहित डा. प्रमोद यादव र डा. रुद्र मरासिनीको नाम सिफारिस गरेको थियो । मन्त्रालयका प्रवक्ता पराजुलीले प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा सिफारिस समितिले कार्यकारी निर्देशकको नाम अस्पताल विकास समितिलाई उपलब्ध गराएको थियो ।
अस्पतालका यसअघिका निर्देशक प्राडा विधाननिधि पौडेलको चार वर्षे कार्यकाल यहि फागुन २५ गते सकिएको थियो ।