Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

निजामति कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त

१ चैत्र २०८१ १०:०८

काठमाडौँ,  ः सरकारले निजामति कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्राडा. मोहनचन्द्र रेग्मीलाई नियुक्त गरेको छ ।
निजामति कर्मचारी अस्पताल विकास समितिका अध्यक्ष एवम् सरकारका मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा आज बसेको बैठकले रेग्मीलाई आगामी चार बर्षका लागि निर्देशकमा नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उनका अनुसार मन्त्रालयका सचिव रविलाल पन्थको अध्यक्षतामा कार्यकारी निर्देशक सिफारिस समितिले प्राडा रेग्मी सहित डा. प्रमोद यादव र डा. रुद्र मरासिनीको नाम सिफारिस गरेको थियो । मन्त्रालयका प्रवक्ता पराजुलीले प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा सिफारिस समितिले कार्यकारी निर्देशकको नाम अस्पताल विकास समितिलाई उपलब्ध गराएको थियो ।
अस्पतालका यसअघिका निर्देशक प्राडा विधाननिधि पौडेलको चार वर्षे कार्यकाल यहि फागुन २५ गते सकिएको थियो ।