Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
समाचार

मुख्यमन्त्री आचार्यद्वारा विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य भर्ना गर्न अपिल

२ बैशाख २०८२ १७:१४

दाङ-लुम्बिनी प्रदेशमा शैक्षिक सत्र २०८२ का लागि विद्यालय भर्ना अभियान जारी छ ।`सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान जारी रहेकाे हाे । यसै सन्दर्भमा मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्न स्पष्ट निर्देशन दिनुभएको छ । उहाँले शिक्षा सबैको मौलिक हक भएकाले एकजना पनि बालबालिका विद्यालयबाहिर नरहोस् भन्ने उद्देश्यले प्रदेशभर अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, अभिभावक, शिक्षक र सम्पूर्ण सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

कक्षा ८ सम्म अनिवार्य तथा निःशुल्क शिक्षा लागू छ । अघिल्लो बर्षकाे शैक्षिक तथ्याङ्क अनुसार प्रारम्भिक बालविकास शिक्षामा कुल भर्ना दर ९९.९ प्रतिशत रहेको छ भने प्रारम्भिक बालविकास शिक्षामा खुद भर्ना दर ७०.६ प्रतिशत रहेकाे छ । कक्षा १ मा खुद प्रवेश दर ९५.७ प्रतिशत छ । आधारभूत तह (कक्षा १-८) मा खुद भर्ना दर ९५.२ प्रतिशत तथा माध्यमिक तह(९-१०) मा खुद भर्ना दर ७६.५ रहेकाे छ । माध्यमिक तह (११-१२) मा खुद भर्ना दर ३७.१ प्रतिशत रहेको छ । यस्तै माध्यमिक तह(९-१२)मा खुद भर्नादर ५७.९ रहेकाे थियाे ।

मुख्यमन्त्री आचार्यले शैक्षिक प्रगतिलाई अझ सुदृढ बनाउँदै कुनै पनि बालबालिका विद्यालय बाहिर नहुनेगरी अभियानलाई सफल बनाउन सबै पक्षको सक्रियता अपरिहार्य रहेको बताउनुभएको छ ।