Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

मुख्यमन्त्री आचार्यद्वारा विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य भर्ना गर्न अपिल

२ बैशाख २०८२ १७:१४

दाङ-लुम्बिनी प्रदेशमा शैक्षिक सत्र २०८२ का लागि विद्यालय भर्ना अभियान जारी छ ।`सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान जारी रहेकाे हाे । यसै सन्दर्भमा मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्न स्पष्ट निर्देशन दिनुभएको छ । उहाँले शिक्षा सबैको मौलिक हक भएकाले एकजना पनि बालबालिका विद्यालयबाहिर नरहोस् भन्ने उद्देश्यले प्रदेशभर अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, अभिभावक, शिक्षक र सम्पूर्ण सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

कक्षा ८ सम्म अनिवार्य तथा निःशुल्क शिक्षा लागू छ । अघिल्लो बर्षकाे शैक्षिक तथ्याङ्क अनुसार प्रारम्भिक बालविकास शिक्षामा कुल भर्ना दर ९९.९ प्रतिशत रहेको छ भने प्रारम्भिक बालविकास शिक्षामा खुद भर्ना दर ७०.६ प्रतिशत रहेकाे छ । कक्षा १ मा खुद प्रवेश दर ९५.७ प्रतिशत छ । आधारभूत तह (कक्षा १-८) मा खुद भर्ना दर ९५.२ प्रतिशत तथा माध्यमिक तह(९-१०) मा खुद भर्ना दर ७६.५ रहेकाे छ । माध्यमिक तह (११-१२) मा खुद भर्ना दर ३७.१ प्रतिशत रहेको छ । यस्तै माध्यमिक तह(९-१२)मा खुद भर्नादर ५७.९ रहेकाे थियाे ।

मुख्यमन्त्री आचार्यले शैक्षिक प्रगतिलाई अझ सुदृढ बनाउँदै कुनै पनि बालबालिका विद्यालय बाहिर नहुनेगरी अभियानलाई सफल बनाउन सबै पक्षको सक्रियता अपरिहार्य रहेको बताउनुभएको छ ।