Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री

१० बैशाख २०८२ ०९:००

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा उनले भने,  ‘ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु। सहयोग गरिरहेको छु । सिकाइराखेको छु। ठूलो मन्त्रालय छ,  अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो।’

फागुन दोस्रो सातातिर उनलाई घाँटी दुख्ने, ज्वरो आउने र निरन्तर खोकी लाग्ने भएपछि उनी शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।

उनको घाँटीमा संक्रमण देखिएको थियो। लिम्फ  नोड सुन्निएको पाइएको थियो। उक्त समस्याका उनले त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गराएकी  थिइन्। शल्यक्रियापछि मन्त्री भट्टराई उपचारपछि चैत पहिलो सातासम्म आराममा बसेकी थिइन् ।

त्यसपछि पुन: मन्त्रालयमा सक्रिय उनी शिक्षक आन्दोलन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रालयका कर्मचारीको असहयोगका कारण राजीनामा दिन पुगेकी हुन्।