Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री

१० बैशाख २०८२ ०९:००

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा उनले भने,  ‘ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु। सहयोग गरिरहेको छु । सिकाइराखेको छु। ठूलो मन्त्रालय छ,  अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो।’

फागुन दोस्रो सातातिर उनलाई घाँटी दुख्ने, ज्वरो आउने र निरन्तर खोकी लाग्ने भएपछि उनी शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।

उनको घाँटीमा संक्रमण देखिएको थियो। लिम्फ  नोड सुन्निएको पाइएको थियो। उक्त समस्याका उनले त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गराएकी  थिइन्। शल्यक्रियापछि मन्त्री भट्टराई उपचारपछि चैत पहिलो सातासम्म आराममा बसेकी थिइन् ।

त्यसपछि पुन: मन्त्रालयमा सक्रिय उनी शिक्षक आन्दोलन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रालयका कर्मचारीको असहयोगका कारण राजीनामा दिन पुगेकी हुन्।