Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

दन्त जनशक्तीलाई सरकारले तोकेको पारिश्रमिक कार्यन्वयनको माग देशभर ३२ सय दन्त जनशक्ती, ७ हजार देखि १२ हजार रुपैंया सम्म काम गर्न बाध्य

१२ बैशाख २०८२ ११:३३

काठमाडौं । नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले दन्त स्वास्थ्यको क्षेत्रमा कृयाशिल जनशक्तीलाई तोकिएको पारिश्रमिक कार्यान्वयनको माग गरेको छ ।

एसोसियसनका अध्यक्ष माइकल देवकोटाले विज्ञप्ती जारी गर्दै नेपाल सरकारले तोकेको पारिश्रमिक र श्रम ऐनको कार्यन्वयनको माग गरेका हुन् ।

विज्ञप्तीमा भनिएको छ, “दन्त स्वास्थ्यको क्षेत्रमा नेपाल स्वास्थ्य ब्यबसायी परिषद्मा दर्तावाल यसका सदस्यहरुले तहअनुसार फरक फरक कार्यसहित बिरामिको रोगको उपचारमा संग्लग्न हुन कानुनतः पाईने हुँदा नेपाल सरकारको ऐन बाट स्थापित परिषद् काउन्सिलले त्यसको निगरानि,आचार संहिता र कार्य निर्धारण समेत गर्ने ब्यबस्था भएको हुँदा नेपाल स्वास्थ्य ब्यबसायी परिषद ऐन २०५३ को दफा २० अनुसार दर्तावाल ब्यक्तिमात्र उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागि हुने ब्यबस्था रहेको हुँदा दर्तावाल ब्यक्तिबाहेक अन्यलाई काममा संग्लन नगर्न नगराउन जोडदार माग गर्दछौ । साथै नेपाल सरकारले तोकेको पारिश्रमिक र श्रम ऐनको कार्यन्वयन को लागी कार्यन्वयन को लागी नेपाल सरकार र सम्बन्धित सँग माग गर्दछौ । ”

नेपाल स्वास्थ्य ऐन तथा निजि स्वास्थ्य संस्था स्थापना संञ्चालन निर्देशिका २०७७ लगायत नेपालको ऐन नियमावली र निर्देशिकाले प्रत्येक डेन्टल हस्पिटल ,डेन्टल युनिट ,डेन्टल सेवा प्रदायक अस्पतालहरुमा नेपाल स्वास्थ्य ब्यबसायी परिषद्बाट दर्ता भई लाईसेन्स प्राप्त जनशक्ति अनिबार्य राख्नु पर्ने कानुनि ब्यबस्था गरेको छ ।

सोहि अनुरुप इन्टरनेशनल हस्पिटल लगायत सम्पर्ण डेन्टल अस्पताल,अस्पताल, डेन्टल युनिटमा, डेन्टल कलेज,प्रतिष्ठानमा पनि परिषद् वा काउन्सिलमा दर्तावाल दन्त जनशक्ती माग गरी सरकारी स्केलको तलब सुबिधाको सुनिस्चितता बैङ्किङ प्रणालीबाट गरे पस्चात मात्र क्लिनिक अस्पताल नबिकरण गराउन अनिबार्य गर्न एसोसियसनले माग गरेको छ । देशभर ३२ सय दन्त जनशक्ती छन् । उनीहरुले सात हजारदेखि १२ हजार रुपैंयासम्म पारिश्रमीक लिएर काम गर्न वाध्य छन् ।