Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
समाचार

पत्रकारको नसर्ने रोगको स्वास्थ्य परीक्षण

१८ बैशाख २०८२ २१:२२

काठमाडौँ, १८ बैशाख । नेपाल पत्रकार महासंघद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज आयोजित पत्रकारहरुका लागि नसर्ने रोगको स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा आयोजित शिविरको महासंघका अध्यक्ष निर्मला शर्मा र मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संयुक्त रुपमा गरे ।
शिविरमा पत्रकारहरुको रक्तचाप, मधुमेह, बिएमआई मापन र पिसाव मार्फत मृगौला जाँचका साथै परामर्श सेवा प्रदान गरिएको सचिव सोनी शर्माले जानकारी दिइन् । महासंघका अनुसार शिविर देशभरका शाखाहरुमा पनि आजै सम्पन्न भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष निर्मला शर्माले सधै व्यस्त रहने पत्रकारको पेशागत अवस्थालाई मध्यनजर गर्दै निःशुल्क शिविर राखिएको बताइन् । उनले शरिर स्वस्थ्य रहेमात्र पेशामा खरो रुपमा उत्रिन सकिने भन्दै पत्रकारलाई स्वास्थ्य रहन आग्रह गरिन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नसर्ने रोगका विरामी बढिरहेको भन्दै सधै व्यस्त रहने पत्रकारहरुले आफ्नो स्वास्थ्यमा पनि ध्यान दिन आग्रह गरे । उनले खानपान नै स्वास्थ्यको मुख्य आधार रहेको भन्दै खानपान तथा व्यायाममा ध्यान दिनुपर्ने बताए ।
जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा.वसन्त अधिकारीले नसर्ने रोगको शिविर प्रदेशस्तरदेखि पालिकासम्म सञ्चालन भइरहेको जानकारी दिए ।