Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

पत्रकारको नसर्ने रोगको स्वास्थ्य परीक्षण

१८ बैशाख २०८२ २१:२२

काठमाडौँ, १८ बैशाख । नेपाल पत्रकार महासंघद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज आयोजित पत्रकारहरुका लागि नसर्ने रोगको स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा आयोजित शिविरको महासंघका अध्यक्ष निर्मला शर्मा र मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संयुक्त रुपमा गरे ।
शिविरमा पत्रकारहरुको रक्तचाप, मधुमेह, बिएमआई मापन र पिसाव मार्फत मृगौला जाँचका साथै परामर्श सेवा प्रदान गरिएको सचिव सोनी शर्माले जानकारी दिइन् । महासंघका अनुसार शिविर देशभरका शाखाहरुमा पनि आजै सम्पन्न भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष निर्मला शर्माले सधै व्यस्त रहने पत्रकारको पेशागत अवस्थालाई मध्यनजर गर्दै निःशुल्क शिविर राखिएको बताइन् । उनले शरिर स्वस्थ्य रहेमात्र पेशामा खरो रुपमा उत्रिन सकिने भन्दै पत्रकारलाई स्वास्थ्य रहन आग्रह गरिन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नसर्ने रोगका विरामी बढिरहेको भन्दै सधै व्यस्त रहने पत्रकारहरुले आफ्नो स्वास्थ्यमा पनि ध्यान दिन आग्रह गरे । उनले खानपान नै स्वास्थ्यको मुख्य आधार रहेको भन्दै खानपान तथा व्यायाममा ध्यान दिनुपर्ने बताए ।
जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा.वसन्त अधिकारीले नसर्ने रोगको शिविर प्रदेशस्तरदेखि पालिकासम्म सञ्चालन भइरहेको जानकारी दिए ।