Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

नारायणी अस्पतालका तत्कालीन निर्देशक डा सञ्जय ठाकुरलगायतलाई भ्रष्टाचार मुद्दा

२१ बैशाख २०८२ १८:०२

काठमाडौं- नारायणी अस्पतालका तत्कालीन निर्देशक डा सञ्जय ठाकुरलगायतलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ। नारायणी अस्पताल, वीरगंजको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा भ्रष्टाचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। ठाकुरलगायतलाई १ करोड ८४ लाख३८ हजार ४५८ रुपैयाँ बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी हानीनोक्सानी पुर्याएको उजुरी अनुसन्धान गर्दा भ्रष्टाचार गरेको पाइएको बताइएको छ।
कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टर ब्लक बिछ्याउने रहेको र मुख्य निर्माण कार्य नभई सहायक निर्माण कार्य रहेको उक्त निर्माण कार्यमा एम एम३५ इन्टर ब्लक बिछ्याउने कार्यका आधारमा मात्रै बोलपत्र अस्वीकृत गरी मिलेमतोमा राज्यलाई हानिनोक्सानी गरेको र प्रतिस्पर्धालाई सीमित हुनेगरी बोलपत्रमा योग्यताका आधार तोकिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब. २०७७/०७८ मा नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत हुने गरी इन्ट लकिङ टायललाई भवन निर्माणको मुख्य आइटमको रुपमा समावेश गरेको पाइएको छ,’ आरोप पत्रमा भनिएको छ।
शिवाको/विकास एण्ड ब्रदर्स/वि.जी. जे.भी.ले काठमाडौं उपत्यका सडक विस्तार आयोजनामा ग्रे कलर को इन्टरलक ब्लकको काम गरेको देखाए तापनि अति सामान्य कुरालाई बदनियतपूर्वक बोलपत्रमा समावेश गरेको र सोही अति सामान्य कुरालाई मूल्याङ्कानमा ‘ ग्रेड इज नट मेन्सन्ड एन्ड अल्सो इट इज नट मल्टि-ब्लाइन्डर्ट कलर ब्लक’ भन्ने व्यहोरा उल्लेख गरी लक्षित बोलपत्र बाहेकका अन्य बोलपत्र प्रस्तावलाई असफल कायम गरेको देखिएको छ।
‘स्वीकृत लागत अनुमानमा नरहेका आइटम थप गरी बोलपत्र सम्बन्धी कागजात तयार गरी कुनै एक मात्र लक्षित निर्माण व्यवसायी सफल हुने गरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी गराई नेपाल सरकार एवं सार्वजनिक संस्था नारायणी अस्पताललाई गैरकानूनी हानिनोक्सानी पुर्याएको बताइएको छ।