Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
फर्मा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा ठप्प, बिरामीहरू मारमा

२० श्रावण २०८२ २१:११

सुनसरी, २० साउनः धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) को फार्मेसी सेवा तीन दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ। सात महिनादेखि तलब तथा सेवासुविधा नपाएको भन्दै फार्मेसीमा कार्यरत कर्मचारीहरुले आन्दोलन सुरु गरेपछि सेवा अवरुद्ध भएको हो।

फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र ४ जना सहयोगी गरी कुल २२ जना कर्मचारीले तलब र सुविधा माग गर्दै धर्ना बसिरहेका छन्। चौबीसैँ घण्टा सञ्चालनमा रहने फार्मेसी सेवा बन्द हुँदा विशेषगरी स्वास्थ्य बीमा योजनाअन्तर्गतको औषधि वितरणमा असर पुगेको छ।

बिरामीहरू निजी मेडिकल स्टोरमा गएर महङ्गो मूल्य तिर्न बाध्य भएका छन्। मोरङ उर्लाबारीबाट पत्नीको उपचारका लागि आएका विकास मगरले भने, “अस्पतालको फार्मेसी बन्द हुँदा महँगोमा औषधि किन्नुपरेको छ, उपचारमा ढिलासाथै आर्थिक भार पनि दोब्बर परेको छ।”

फार्मेसी सेवा केटिएम सेक्युरिटी सर्भिसेज प्रालिमार्फत सञ्चालित हुँदै आएको छ। तलब तथा अन्य सेवासुविधा दिने दायित्व पनि सोही कम्पनीको भए पनि पटकपटकको मौखिक र लिखित आग्रहको बेवास्ता भएपछि आन्दोलनमा उत्रनु परेको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ।

प्रतिष्ठानका अनुसार केटिएम सर्भिसेजसँग २०७० सालमा गरिएको तीन वर्षे सेवा सम्झौता पछिसम्म पनि नवीकरण गर्दै निरन्तरता दिइएको थियो। सम्झौताअनुसार सेवा अवरोध भएमा २४ घण्टाभित्र वैकल्पिक व्यवस्था गर्नुपर्ने प्रावधान भए पनि त्यसको पालना नभएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजित कुमारद्वारा जारी विज्ञप्तिमा अस्पताल क्षेत्रभित्र हडताल, धर्ना वा तालाबन्दी गर्नु प्रचलित कानुनविपरीत भएको उल्लेख छ। विज्ञप्तिमा आपूर्ति कम्पनी केटिएम सर्भिसेजलाई तुरुन्त सेवा सुचारु गर्न आग्रह गरिएको छ।

प्रतिष्ठानले यस्तो घटनाले बिरामीको स्वास्थ्य सेवामा प्रतिकूल असर परेको र संस्थाको छवि समेत प्रभावित भएको बताउँदै सम्बन्धित पक्षसँग शीघ्र समाधानको आग्रह गरेको छ।