© 2023-2024 सर्वाधिकार सुरक्षित healthsuchana.com
काठमाडौ । जेनजीको आन्दोलन आज राजधानीमा हिंसात्मक बन्दा एक प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।
प्रदर्शन अनियन्त्रित र आक्रामक बनेपछि प्रहरीले नियन्त्रणका लागि गोली प्रहार गरेको थियो । गोली लागेका प्रदर्शनकारीलाई तत्कालै सिभिल अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार गोली लागेका अर्का एक प्रदर्शनकारीको अवस्था गम्भीर छ भने अन्य केही घाइतेलाई समेत विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा, धक्का–मुक्की र तोडफोडका घटना भएको र स्थिति नियन्त्रणमा लिन थप सुरक्षा बल परिचालन गरिएको छ ।घटनापछि राजधानीका विभिन्न क्षेत्रमा थप तनाव सिर्जना भएको छ । परिस्थिति नियन्त्रणमा लिन प्रहरीले सतर्कता बढाएको जनाएको छ ।