Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

नेपालको पहिलो महिला प्रधानमन्त्री सुसिला कार्की

२८ भाद्र २०८२ १०:१०

काठमाडौं, २७ भदौ – पूर्व प्रधानन्यायाधीश सुसिला कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। उनले शुक्रबार पदबहाली गर्दै ४२ औँ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी हुन्।

१२ सेप्टेम्बर २०२५ मा कार्कीले शपथ ग्रहण गरेसँगै नेपालले पहिलो पटक महिला नेतृत्वको प्रधानमन्त्री पाएको हो। यसअघि उनी नेपालको सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्।

राजनीतिक सहमतिको आधारमा उनी अन्तरिम सरकारको नेतृत्वमा पुगेकी हुन्। कार्कीले पदबहालीपछि अत्यावश्यक सेवा प्रवाहलाई निरन्तरता दिने र संक्रमणकालीन अवस्थामा देशलाई स्थिरतर्फ लैजान प्रतिबद्ध रहने बताइन्।

नेपालको राजनीतिक इतिहासमा महिला नेतृत्वले पहिलोपटक कार्यकारी प्रमुखको हैसियत पाएको हुँदा यसलाई ऐतिहासिक कदमका रूपमा लिइएको छ।