Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

नेपालको पहिलो महिला प्रधानमन्त्री सुसिला कार्की

२८ भाद्र २०८२ १०:१०

काठमाडौं, २७ भदौ – पूर्व प्रधानन्यायाधीश सुसिला कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। उनले शुक्रबार पदबहाली गर्दै ४२ औँ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी हुन्।

१२ सेप्टेम्बर २०२५ मा कार्कीले शपथ ग्रहण गरेसँगै नेपालले पहिलो पटक महिला नेतृत्वको प्रधानमन्त्री पाएको हो। यसअघि उनी नेपालको सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्।

राजनीतिक सहमतिको आधारमा उनी अन्तरिम सरकारको नेतृत्वमा पुगेकी हुन्। कार्कीले पदबहालीपछि अत्यावश्यक सेवा प्रवाहलाई निरन्तरता दिने र संक्रमणकालीन अवस्थामा देशलाई स्थिरतर्फ लैजान प्रतिबद्ध रहने बताइन्।

नेपालको राजनीतिक इतिहासमा महिला नेतृत्वले पहिलोपटक कार्यकारी प्रमुखको हैसियत पाएको हुँदा यसलाई ऐतिहासिक कदमका रूपमा लिइएको छ।