Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
फर्मा

काठमाडौँमा आगामी फागुनमा १० औं ‘नेपाल फर्मा एक्स्पो’ हुने

२७ कार्तिक २०८२ ०८:४६

काठमाडौँ, २७ कात्तिक – औषधी उत्पादक संघ नेपाल (एपोन)को आयोजनामा १० औं ‘नेपाल फर्मा एक्स्पो’ आगामी फागुनमा हुने भएको छ। यसअघि लगातार रूपमा चितवनको भरतपुरमा हुँदै आएको यो एक्स्पो यसपटक पहिलोपटक राजधानी काठमाडौँमा आयोजना गर्न लागिएको हो। एक्स्पोका संयोजक सन्तोष बरालका अनुसार, औषधि उद्योग, उत्पादन, गुणस्तर र प्रविधिको प्रचार–प्रसारका साथै औषधि उद्योग क्षेत्रका सरोकारवालाबीच अनुभव र जानकारी आदानप्रदान गर्न यो एक्स्पो उपयोगी हुने अपेक्षा गरिएको छ।

एपोनले हरेक दुई वर्षमा औषधि उद्योगका नयाँ प्रविधि र नवप्रवर्तनहरू प्रदर्शन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्दै आएको छ। यस वर्षको एक्स्पो फागुन २८ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। कार्यक्रममा नेपालका विभिन्न औषधि उत्पादक कम्पनीहरूका साथै भारत, बङ्गलादेश, चीन लगायतका देशका औषधि तथा मेडिकल उपकरण उत्पादक र आपूर्तिकर्ता कम्पनीहरूले पनि सहभागिता जनाउने तयारी गरिएको छ।

संयोजक बरालका अनुसार, एक्स्पोले देशकै औषधि उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने अवसर दिलाउनेछ। साथै यसले स्वदेशमै औषधि उत्पादन प्रवर्द्धन, औद्योगिक विकास र आत्मनिर्भर स्वास्थ्य प्रणाली निर्माणमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

एपोनका अनुसार, नेपालमा हाल करिब ७० प्रतिशत भन्दा बढी सामान्य औषधिहरू आन्तरिक रूपमा उत्पादन हुँदै आएका छन्। यसलाई अझ सबल र गुणस्तरीय बनाउन सरकारी नीति, अनुसन्धान, लगानी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको संघले जनाएको छ।

१० औं नेपाल फर्मा एक्स्पोमा नयाँ औषधि प्रविधि, उपकरण, अनुसन्धान परिणाम र औद्योगिक नवप्रवर्तनहरू प्रदर्शन गरिनेछ। साथै सेमिनार, व्यवसायिक अन्तरक्रिया, र प्रविधिमूलक प्रस्तुतीहरू समेत हुने आयोजकले जानकारी दिएको छ।