Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
फर्मा

औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने

१३ मंसिर २०८२ २०:५८

काठमाडौँ, १३ मंसिर । औषधि व्यवसायीहरूले भोलि विहान ११ देखि १२ बजेसम्म देशभरका औषधि पसल (फार्मेसी) बन्द गरेर विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्। व्यवसायीहरूको संयुक्त संघर्ष समितिले जारी गरेको सूचनामा व्यवसायीहरूलाई औषधी व्यवस्था विभागको प्राङ्गणमा अनिवार्य रूपमा उपस्थित रहन आह्वान गरिएको छ। समितिले हाल सिर्जना भएको ‘व्यवसायी मारा रणनीति’को विरोधमा एकजुट हुन सबैलाई आग्रह गरेको छ।

समितिका अनुसार सरकारले पछिल्लो समय लागू गर्न खोजिरहेको नीतिगत एवं प्रशासनिक कडाइका कारण औषधि व्यवसाय सञ्चालनमै चुनौती थपिँदै गएको छ। “सम्भावित व्यवसायिक समस्याको निराकरणका लागि अब वार कि पारको अवस्था आएको छ,” समितिले जनाएको छ। उनका अनुसार सामूहिक उपस्थितिबाट व्यवसाय जोगाउन निर्णायक दबाब सिर्जना गर्नुपर्ने अवस्था आएको छ।

“व्यवसाय नै न रहे व्यवसायी कहाँ रहौँला,” समितिले सूचनामा उल्लेख गर्दै भोलि एक घण्टाका लागि पसल बन्द गरी विरोध स्थलमा उपस्थिति जनाउन सम्पूर्ण व्यवसायीलाई अनुरोध गरेको छ।

समितिले औषधि आयात, थोक तथा खुद्रा बिक्रीमा संलग्न सबै प्रकारका औषधि व्यवसाय भोलि तोकिएको एक घण्टा पूर्ण रूपमा बन्द रहने स्पष्ट पारेको छ। भोलिको यो ‘एक घण्टाको लगानी’ले भविष्यमा औषधि व्यवसाय सुरक्षित र सुनिश्चित हुने समितिको दाबी छ।