Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
फर्मा

औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने

१३ मंसिर २०८२ २०:५८

काठमाडौँ, १३ मंसिर । औषधि व्यवसायीहरूले भोलि विहान ११ देखि १२ बजेसम्म देशभरका औषधि पसल (फार्मेसी) बन्द गरेर विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्। व्यवसायीहरूको संयुक्त संघर्ष समितिले जारी गरेको सूचनामा व्यवसायीहरूलाई औषधी व्यवस्था विभागको प्राङ्गणमा अनिवार्य रूपमा उपस्थित रहन आह्वान गरिएको छ। समितिले हाल सिर्जना भएको ‘व्यवसायी मारा रणनीति’को विरोधमा एकजुट हुन सबैलाई आग्रह गरेको छ।

समितिका अनुसार सरकारले पछिल्लो समय लागू गर्न खोजिरहेको नीतिगत एवं प्रशासनिक कडाइका कारण औषधि व्यवसाय सञ्चालनमै चुनौती थपिँदै गएको छ। “सम्भावित व्यवसायिक समस्याको निराकरणका लागि अब वार कि पारको अवस्था आएको छ,” समितिले जनाएको छ। उनका अनुसार सामूहिक उपस्थितिबाट व्यवसाय जोगाउन निर्णायक दबाब सिर्जना गर्नुपर्ने अवस्था आएको छ।

“व्यवसाय नै न रहे व्यवसायी कहाँ रहौँला,” समितिले सूचनामा उल्लेख गर्दै भोलि एक घण्टाका लागि पसल बन्द गरी विरोध स्थलमा उपस्थिति जनाउन सम्पूर्ण व्यवसायीलाई अनुरोध गरेको छ।

समितिले औषधि आयात, थोक तथा खुद्रा बिक्रीमा संलग्न सबै प्रकारका औषधि व्यवसाय भोलि तोकिएको एक घण्टा पूर्ण रूपमा बन्द रहने स्पष्ट पारेको छ। भोलिको यो ‘एक घण्टाको लगानी’ले भविष्यमा औषधि व्यवसाय सुरक्षित र सुनिश्चित हुने समितिको दाबी छ।