Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला

८ माघ २०८२ २१:५१

काठमाडौँ। काठमाडौँको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन्।

स्वास्थ्यमन्त्री डा. सुधा गौतम शर्माले बास्तोलालाई निर्देशक पदमा नियुक्त गरेकी हुन्। स्वास्थ्यमन्त्री शर्माले निर्वाचन आचारसंहिता लाग्नुअघि गत माघ ४ गते मन्त्रिस्तरीय निर्णय बास्तोलालाई टेकु अस्पतालको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ।

टेकु अस्पतालमा निर्देशक रहेका डा. युवानिधि बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा भएका छन्। उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सरुवा गरेको थियो।

कोभिड-१९ को समयमा टेकु अस्पतालमा निर्देशक रहेका डा. बास्तोला त्यसपछि भने विभागका विभिन्न निकायमा रहेका थिए। टेकु अस्पतालमा नै दरबन्दी रहेको बास्तोला निर्देशक पद नपाएका कारण स्वास्थ्य मन्त्रालयमा लामो समयदेखि बसिरहेका थिए।