Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
फर्मा

बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति

२६ फाल्गुन २०८२ २०:३६

बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ भैसागाडकी एक महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै शिशुलाई जन्म दिएकी छन्।

स्थानीय स्वास्थ्य संस्था फयालगाउँ आधारभूत स्वास्थ्य इकाइमा लैजाने क्रममा ती महिलामा अचानक प्रसव पीडा अत्यधिक बढेपछि बाटोमै प्रसुति गराउनु परेको हो। सोही क्रममा स्वास्थ्यकर्मी विस्ना रोकाया घटनास्थलमै पुगेर सुरक्षित रूपमा प्रसुति सेवा प्रदान गरेकी थिइन्।

स्वास्थ्यकर्मी रोकायाको सहयोगमा बाटोमै शिशुको सुरक्षित जन्म भएको बताइएको छ। हाल आमा र नवजात शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्।

ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नहुँदा यस्ता घटना पटक–पटक दोहोरिने गरेका छन्। स्थानीयका अनुसार बाजुराका धेरै महिलाहरू अझै पनि स्वास्थ्य संस्था टाढा र यातायातको अभावका कारण घरमै वा बाटोमै बच्चा जन्माउन बाध्य हुने अवस्था रहेको छ।