Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’

२८ फाल्गुन २०८२ २१:१५

भक्तपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जुनसुकै स्वास्थ्य सेवा एवं बिरामीको उपचारमा अस्पतालले दिएको सेवामा सर्वसाधारणको सहज पहुँच उपलब्धता हुनुपर्ने बताएकी छन् ।

विश्व मिर्गाैला दिवस–२०२६ को अवसरमा बिहीबार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द भक्तपुरले आयोजना गरेको कार्यक्रममा मन्त्री डा.गौतमले बिरामीको उपचार सेवा सहज रुपमा पाउनुपर्ने बताइन् । उनले राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियान सकारात्मक रहेको चर्चा गर्दै केन्द्रका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गरिरहेको बताइन्।

मिर्गाैला रोगका बारेमा सर्वसाधारणमा प्रभावकारी जनचेतना पुग्न सके नागरिकबाट सकारात्मक भूमिका निर्वाह हुने उल्लेख गर्दै मन्त्री डा गौतमले केन्द्रले देशभरि सञ्चालन गरेको अभियानलाई विस्तार गर्नुपर्ने बताइन्।

उनले भनिन्, “अङ्ग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु अरु स्वस्थ्य व्यक्ति सरह जीवनयापन गर्न सक्छन, उनीहरु हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन् भन्ने जनचेतना आमनागरिकमा पुर्‍याउन सके अङ्गदान तथा अङ्ग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउन सकिन्छ ।”

अस्पतालकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले विश्वभरि नै मिर्गाैला रोगको प्रकोप बढीरहेकाले रोगको पहिचान तथा उपचार र रोकथामका उपायबारे सबैलाई सचेत गराउन केन्द्र लागि परेको बताइन्।