Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
जीवनशैली

जलवायु परिवर्तनको विषयले संसद्मा प्राथमिकता पाउनुपर्छ ःसांसद सापकोटा

२० जेष्ठ २०८१ १७:००

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको विषयमा गम्भीर बसह जरुरी रहेको बताएका छन् ।
आइतबार संघीय संसद भवनमा बसेको प्रतिनिधसभामा बोल्दै उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाएको उल्लेख गरे ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर २४९, ५० र ५१ गरी तीनवटा बुँदामा यसबारे व्यवस्था गरिएको बताए । उनले बुँदा नम्बर २५० मा हिमाल जोगाऔैं मानवता बचाऔं’ भनेर व्यवस्था गरिएको चर्चा गरे ।
उनले सरकारले उठाएको विषयमा गम्भीर छलफल हुनुपर्नेमा जोड दिएका छन् ।
भर्खरै सरकारको आयोजनामा यसैसम्बन्धी चन्द्रागिरिमा अन्तर्राष्ट्रिय डायलगको आयोजना गरिएको र त्यसले विश्वभर नै सकारत्मक सन्देश भन्दै उनले थपे, ‘यो विषयले यहाँ (संसद्मा) पनि प्राथमिकता पाओस्, हामी गम्भीरतापूर्वक बहस गरौँ’, उनले भने, ‘यसको असर, प्रभाव र न्यूनीकरणको विषयमा सोचिएन भने गम्भीर क्षति बेहोर्नुपर्ने हुनसक्छ ।’