Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
आयुर्वेद

विदेश जाने नेपाली युवालाई निःशुल्क योग सिकाइने

२६ कार्तिक २०८१ ०९:५९
काठमाडौँ, २५ कात्तिकः विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले विदेश जानुअघि नेपाली युवालाई निःशुल्क योग सिकाउने भएको छ । समाजले राजधानीमा आयोजना गरेको वृहत युवा भेलामा संस्थापक आचार्य राजन शर्माले विदेश जानुअघि नेपालीलाई निःशुल्क रुपमा दुई सयदेखि चार सय घण्टासम्म योग सिकाउन लागिएको जानकारी दिए।
कार्यक्रममा योगगुरु डा हरिप्रसाद पोखरेलले योग भूमि एवं हिमालयको देश नेपालमा ऋषिमुनिले तपस्या गरेको उल्लेख गर्दै नेपालमा योग, ध्यान सिक्न विदेशबाट समेत वार्षिक हजारौँ मानिस आउने गरेको बताए ।
सहप्राध्यापक श्रीराम सापकोटाले सुख र दुःख आफ्नै कारणले हुने विचार राख्नुभयो । पूर्वसचिव भीम उपाध्यायले यस्ता कार्यक्रमले युवालाई उत्प्रेरित गर्ने बताए । कार्यक्रममा आचार्य शर्माका सुखसूत्र, योगदर्शन र प्राकृतिक चिकित्सा, आयुर्वेद अमृत दर्शन र विज्ञान भैरवतन्त्र गरी चार पुस्तक पनि विमोचन गरिएको थियो ।