Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
अन्तर्वार्ता

प्रहरी चौकी र गृह मन्त्रालयमा समेत लागूऔषध रोकथाम शाखा नहुनु दुःखद्’

१२ असार २०८१ १३:५७

प्रहरी चौकी र गृह मन्त्रालयमा समेत लागूऔषध रोकथाम शाखा नहुनु दुःखद्’

‘लागू औषधलाई मनोरञ्जन र पेन किलरका रुपमा व्यापार गर्दा अपारधिकरण बढ्यो’

काठमाडौं । नार्कोनन नेपालका निर्देशक एवम् पूर्व वरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले लागूऔषधको ओसारपसार र सेवन गर्ने युवा समूह बढ्दै गएपनि सरकारसँग कुनै योजना नरहेको बताएका छन् ।

बुधबार अन्तरराष्टिय« लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा नेपाल न्युज बैंकसँको कुराकानीमा लागू औषधजस्तो लठ्याउने कुरालाई मनोरञ्जन र औषधी, पेन किलरका रुपमा व्यापार हुँदै भइरहको भएपनि प्रहरी र गृहमन्त्रालयमा समेत लागू औषध नियन्त्रण शाखा नरहेको बताएका हुन् ।

लामो समयदेखि सुधार केन्द्र समेत संचालन गर्दै आएका कुँवरले लागू औषध दुर्व्यसनीका कारण चोरी डकैती र हत्याका घट्नामा समेत वृद्धि भइरहेको बताए ।

उनले भने, लागू औषधजस्तो लठ्याउने कुरालाई मनोरञ्जन र औषधी, पेन किलरका रुपमा व्यापार हुँदै आएको छ । तर, वास्तवमा त्यस्तो होइन । लठ्याउने कुराले मान्छेमा भएको चेतना ध्वस्त गरिदिन्छ । त्यसो भएपछि दुखाई, पीडा थाहा नै हुसेन । मरेको मान्छेको चेतना हुन्छ त ? लठ्याउने कुरा दिएर मानिसलाई न माया, न दया, न डिप्रेसनको अवस्थामा पुर्याइँदै छ । यसरी युवाहरुलाई लुटपाट, डाँका, हत्याका लागि प्रोत्साहित गरिरहेको छ । लठ्याउने कुराको व्यापार टेरोरिजममा पनि छ । लठ्याउने कुराहरु व्यापारका रुपमा यसरी गरिएको छ कि त्यसलाई रोक्ने फोर्सेस चाँहि छैन । प्रहरी पनि लागू औषध खायो बेच्यो भने मात्र आउँछ । यसलाई रोक्न, जनचेतना फैल्याउन प्रहरीले ठोस योजना बनाउन सकिरहेको छैन । अरु त छोड्नुस् प्रहरी चौकीमा लागूऔषध रोकथाम शाखाहरु छैनन् । गृह मन्त्रालयमा पनि लागूऔषध रोकथाम शाखा छैन ।’

नेपाल प्रहरीले लागू औषधको बेचबिखन र सेवन गरेपछि मात्र समात्ने नीति लिएका कारण यसलाई निर्मूल पार्न समस्या विकराल हुँदै गइरहेको बताए ।