Trending
स्वास्थ्य बिमा अभिमुखीकरण कार्यक्रम प्युठानमा     |     आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य     |     ललितपुर महानगरपालिका पूर्णखोप घोषणा     |     औषधिको मूल्य नीति सुझाव समितिले बुझाएको प्रतिवेदनलाई पुनरावलोकन गर्ने     |     सुर्ती सेवनले यौन दुर्बलता बढाउने     |     करोडौ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको निर्णयले चिकित्सा क्षेत्र तरंगित     |     इँटा भट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमा भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’     |     नेत्रज्योति सङ्घद्वारा विदेशमा सेवा विस्तार     |     राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा मन्त्री प्रदीप पौडेलको सम्बोधन, डिजिटल स्वास्थ्यबारे विमर्श     |     स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण     |    
अन्तर्वार्ता

प्रहरी चौकी र गृह मन्त्रालयमा समेत लागूऔषध रोकथाम शाखा नहुनु दुःखद्’

१२ असार २०८१ १३:५७

प्रहरी चौकी र गृह मन्त्रालयमा समेत लागूऔषध रोकथाम शाखा नहुनु दुःखद्’

‘लागू औषधलाई मनोरञ्जन र पेन किलरका रुपमा व्यापार गर्दा अपारधिकरण बढ्यो’

काठमाडौं । नार्कोनन नेपालका निर्देशक एवम् पूर्व वरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले लागूऔषधको ओसारपसार र सेवन गर्ने युवा समूह बढ्दै गएपनि सरकारसँग कुनै योजना नरहेको बताएका छन् ।

बुधबार अन्तरराष्टिय« लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा नेपाल न्युज बैंकसँको कुराकानीमा लागू औषधजस्तो लठ्याउने कुरालाई मनोरञ्जन र औषधी, पेन किलरका रुपमा व्यापार हुँदै भइरहको भएपनि प्रहरी र गृहमन्त्रालयमा समेत लागू औषध नियन्त्रण शाखा नरहेको बताएका हुन् ।

लामो समयदेखि सुधार केन्द्र समेत संचालन गर्दै आएका कुँवरले लागू औषध दुर्व्यसनीका कारण चोरी डकैती र हत्याका घट्नामा समेत वृद्धि भइरहेको बताए ।

उनले भने, लागू औषधजस्तो लठ्याउने कुरालाई मनोरञ्जन र औषधी, पेन किलरका रुपमा व्यापार हुँदै आएको छ । तर, वास्तवमा त्यस्तो होइन । लठ्याउने कुराले मान्छेमा भएको चेतना ध्वस्त गरिदिन्छ । त्यसो भएपछि दुखाई, पीडा थाहा नै हुसेन । मरेको मान्छेको चेतना हुन्छ त ? लठ्याउने कुरा दिएर मानिसलाई न माया, न दया, न डिप्रेसनको अवस्थामा पुर्याइँदै छ । यसरी युवाहरुलाई लुटपाट, डाँका, हत्याका लागि प्रोत्साहित गरिरहेको छ । लठ्याउने कुराको व्यापार टेरोरिजममा पनि छ । लठ्याउने कुराहरु व्यापारका रुपमा यसरी गरिएको छ कि त्यसलाई रोक्ने फोर्सेस चाँहि छैन । प्रहरी पनि लागू औषध खायो बेच्यो भने मात्र आउँछ । यसलाई रोक्न, जनचेतना फैल्याउन प्रहरीले ठोस योजना बनाउन सकिरहेको छैन । अरु त छोड्नुस् प्रहरी चौकीमा लागूऔषध रोकथाम शाखाहरु छैनन् । गृह मन्त्रालयमा पनि लागूऔषध रोकथाम शाखा छैन ।’

नेपाल प्रहरीले लागू औषधको बेचबिखन र सेवन गरेपछि मात्र समात्ने नीति लिएका कारण यसलाई निर्मूल पार्न समस्या विकराल हुँदै गइरहेको बताए ।