Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

मनमोहन कार्डियोभास्कुलर मा पहिलो पटक काखीमुनि सानो प्वाल पारी मुटुको भल्व परिवर्तन गरीएको छ

१९ असार २०८१ २०:०६

काठमान्मडौ असार १९ -मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टमा सेन्टरका कार्डियो तथा भास्कुलर विभागका प्रमुख डा. अनिल भट्टराईको टिमले  नेपालमा नै पहिलो पटक काखीमुनि सानो प्वाल पारेर गरिने ओपन हार्ट सर्जरीबाट मुटुको कृत्रिम भल्व परिवर्तन गरेका छन ।

कार्डियो तथा भास्कुलर विभागका प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा नेपालमा पहिलो पटक पोखराकी एक ५३ बर्षिया महिलाको काखी मुनि सानो प्वाल पारेर (मिनिमल इनाभासिभ कार्डिया सर्जरी प्रविधि) माइट्रल भल्ब परिवर्तन गरिएको छ। उनले एक हप्ताअघि उक्त प्रविधिबाट गरिएको मुटुको भल्व परिवर्तनबाट विरामी  अवस्था सामान्य रहेको बताए । यसअघि छाती चिरेर मुटुको भल्व परिवर्तन गरिने गरिएको डा. भट्टराईले बताए ।

“ यो अलि जटिल खालको अपरेशन  हो । तर हामीसंग सवै उपकरण रहेका थिए र सजिलै शल्यक्रिया गरेर माइट्रल भल्व परिवर्तन गर्यौ” उनले भने “हामीले केही दिन विरामीलाई राखेर डिस्चार्ज समेत गरिसकेका छौ।” उक्त कृत्रिम भल्व अमेरिकाबाट ल्याइएको हो ।

उनले आफू इटाली देशमा उक्त प्रविधिबाट मुटुको भल्व परिवर्तन गर्नेबारे अध्ययन गरेर आएको समेत बताए । मुटुमा चार वटा भल्व रहेका हुन्छन । ति मध्ये विरामीको माइट्रल भल्व विग्रेपछि नयाँ भल्व हाल्नु पर्ने हुन्छ र हामिले नयाँ भल्व हालेका हौ ।

काखीमुनि सानो प्वाल पारेर   अपरेसन गर्दा बिरामिलाई सहज हुने डा. भट्टराईले बताए ।“छाती चिरेर गर्नु भन्दा  काखीमा सानो प्वाल पारेर गरिने शल्यक्रियाले विरामीलाई धेरै सजिलो हुने गर्दछ । डा. भट्टराईले भने, “ठूलो घाउ नै हुदैन , रगत पनि धेरै बग्दैन । चाँडै सन्चो हुन्छ र विरामी घर पनि चाँडै जाने गर्दछन

यस  प्रविधिबाट  नेपालमा  मुटुको भल्व परिवर्तन गर्दा सात लाख रुपियाँ लिने गरेका छौ । तर भारत मा यसरी गर्दा २५ लाख सम्म लागने गर्दछ ।